नेपाल प्रहरीका ९५ जना डीएसपी सरुवा, को कहाँ पुगे ? [सूची सहित]

काठमाडौँ – प्रहरी प्रधान कार्यालयले आज विभिन्न क्षेत्रमा कार्यरत ९५ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आजको निर्णयानुसार उपत्यकासहित विभिन्न जिल्लामा कार्यरत प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीको मानव स्रोत तथा प्रशासन विभागले सूचना जारी गरी जनाएको छ ।

नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा अनन्तराम शर्मा, प्रहरीवृत्त कालीमाटीमा अनिलकुमार घिमिरे, नगर प्रहरी कार्यालय काठमाडौँमा कौशलकुमार बुढाथोकी, प्रहरीवृत्त बालाजुमा गौतम मिश्र र प्रहरीवृत्त थानकोटमा डिल्लीनारायण पाण्डेलाई सरुवा गरिएको छ ।

यस्तै प्रहरीवृत्त दरबारमार्गमा विश्वराज खड्का, प्रहरीवृत्त जगाती भक्तपुरमा रामबहादुर केसी, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रामहरि पाण्डेलगायत अन्य प्रहरी नायब उपरीक्षकलाई विभिन्न जिल्ला तथा प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

 

 

प्रकाशित : बिहिबार, कार्तिक २५, २०७८१९:४२

नेपाल सरकारका उच्च अधिकारीसँग नजिक छु भन्ने भारतीयको खुल्यो पोल, बालुवाटारबाट पक्राउ !