“एम्बाप्पे भन्दा फाती उत्कृष्ट छन्, नभए बराबर छन्”

एजेन्सी – ला लिगाका अध्यक्ष जेभियर टेबासले वर्तमान अवस्थामा पेरिस सेन्ट जर्मेन(पिएसजी)का युवा स्टार किलियन एम्बाप्पे भन्दा बार्सिलोनाका युवा स्टार अन्सु फाती उत्कृष्ट रहेको बताएका छन्।

एक मिडियासँग कुराकानी गर्नेक्रममा टेबासले अहिलेको अवस्थामा एम्बाप्पे भन्दा फाती उत्कृष्ट रहेको बताएका हुन्। टेबासका अनुसार चोटका कारण खेल गुमाउने गरेको भएपनि फाती एम्बाप्पेकै स्तर अथवा एम्बाप्पे भन्दा राम्रो स्तरको खेलाडी हुन्।

“”हामी सधैं स्पेन बाहिर जो छ उसलाई बढी महत्व दिन्छौं र आफूहरुसंग भएका खेलाडीहरुलाई नजर अन्दाज गर्छौं। “,टेबासले भने,”हामीसँग अन्सु फाती छन्। दुर्भाग्यवश उनलाई चोटले सताइरहेको छ। तर वर्तमान अवस्थामा एम्बाप्पे भन्दा उत्कृष्ट छन्। नभए उनी एम्बाप्पे बराबर छन्।”

फातीलाई बार्सिलोनाले आफ्नो मुख्य खेलाडीको रुपमा अगाडी सारिरहेको छ। लियोनेल मेस्सीले बार्सिलोना छाडेपछि बार्सिलोनाले १० नम्बरको जर्सी फातीलाई जिम्मा लगाएको छ।

बार्सिलोनाले फातीलाई मुख्य खेलाडीको रुपमा अगाडी सारेपछि चोटका कारण उनले भनेजस्तो खेल प्रदर्शन गर्न सकिरहेका छैनन्। जारी सिजनमा फातीले बार्सिलोनाका लागि ८ खेल खेल्दा ४ गोल गरेका छन् भने १ असिस्ट दिएका छन्।

यस्तै एम्बाप्पे पनि पिएसजीको मुख्य खेलाडी रहेका छन्। पिएसजी एम्बाप्पेको वरिपरी फुटबलको परियोजना निर्माण गर्न चाहन्छ। तर उनी पिएसजीमा रहने-नरहने टुंगो लागिसकेको छैन। जारी सिजनमा एम्बाप्पेले १६ खेल खेल्दा ७ गोल गरिसकेका छन् भने ११ असिस्ट दिसकेका छन्।

प्रकाशित : शनिबार, कार्तिक २७, २०७८२०:४७

युनाइटेड छाडेर कहाँ जालान् रोनाल्डो ? यी हुन सक्छन् उत्कृष्ट पाँच गन्तव !