कट्रिनाको विवाहमा सलमान जालान् ? भयो खुलासा !

एजेन्सी – पछिल्लो केहि समय देखि बलिउड जोडी कट्रिना कैफ र विक्की कौशल लगातार चर्चामा छन्। छिट्टै विवाह गर्ने भनिएका यी दुई लगातार मिडियामा छाइरहेका छन्। दिनहुँ जस्तो यी दुई बारे विभिन्न प्रकारका खबरहरु आइरहेका छन्।

कट्रिना र विक्कीले चाँडै नै विवाह गर्न लागेको बताइन्छ भारतीय संचार माध्यमहरुले गरेको दावीलाई मान्ने हो भने ७ देखि ९ डिसेम्बरको बीचमा कट्रिना र विक्कीले विवाह गर्नेछन्।

विवाहका लागि सेवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बारवरामा ठाउँ बुक भइसकेको भारतीय संचार माध्यमहरुको दावी छ। विवाहको तयारी जोड-तोडका साथ चलिरहेको बताइन्छ। विवाह समारोहमा यी दुईका नजिकका आफन्त र सिमित साथीभाइको मात्रै उपस्थिति हुने चर्चा छ।

सलमान कट्रिनाको विवाहमा सहभागी होलान् ?

कट्रिना र सलमान वर्तमान समयमा धेरै नजिकका साथि हुन्। कट्रिना यदि कसैसँग सबै भन्दा बढी चलचित्रमा देखा परेकी छन् भने ती सलमान हुन्। कुनै एक समयमा सलमान र कट्रिना प्रेम सम्बन्धमा समेत थिए। कट्रिनाको विवाहमा सलमान सहभागी हुन्छन् कि हुँदैनन् भन्नेमा सबैको चासो छ।

जी न्यूजको रिपोर्ट अनुसार सलमान खान यी दुईको विवाहमा सरिक हुने छैनन्। विवाहको पहिलो निम्तो सलमान खान र उनको परिवारलाई पठाइएको भएपनि सलमान विवाहमा सहभागी नहुने बताइएको छ।

इन्डिया टुडेले गरेको दावी अनुसार कट्रिनाको विवाहमा करण जोहर, कियारा आडवाणी, सिद्धार्थ मल्होत्रा, मिनी माथुर र रोहित शेट्टी लगायत सहभागी हुनेछन्।

हालसालै एक था टाइगर निर्देशक कबीर खानको घरमा दुईले रोका समारोह आयोजना गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्। दुई बीच ‘रोका’ भएको खबर बलिउड भित्र-भित्रै फैलिएको छ। उक्त समारोहमा दुवैका नजिकका साथिहरु उपस्थित भएको बताइन्छ।

प्रकाशित : आइतबार, कार्तिक २८, २०७८११:५१

हाजार्ड र काउटिन्होको ‘गेम ओभर’ !