हरेक मानिसको स्वभाव र व्यक्तित्व एक-अर्कासँग फरक फरक हुने गर्छ। ज्योतिषशास्त्र अनुसार जन्म महिना अनुसार पनि म, मानिसको स्वभाव तथा बानी-व्यवहार फरक पर्ने गर्छ। मानिसको जन्म महिना र समयबाट उक्त मानिसको भविष्य समेत थाहा पाउन सकिन्छ।

आज हामी तपाईंलाई कुन महिनामा जन्म लिएका मानिस प्रेमको सम्बन्धमा निकै रोमान्टिक र पक्का हुन्छन् भन्ने बारेमा बताउँछौं। ज्योतिषशास्त्रका अनुसार यी तीन महिनामा जन्मिएका मानिस प्रेमको सम्बन्धमा निकै पक्का र राम्रा हुने गर्छन्।
मे महिना
यस महिनामा जन्मिएका मानिस निकै आकर्षक व्यक्तित्वका धनी हुन्छन्। जस्तो सुकै परिस्थितिमा पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल हुने यी मानिसहरु अन्य मानिस बीच निकै लोकप्रिय रहन्छन्। आकर्षक व्यक्तित्व कै अन्य मानिसको ध्यान आफूतर्फ आकर्षण गर्न माहिर हुन्छन् यी मानिस। आफूले प्रेम गरेको मानिसको लागि जस्तो सुकै त्याग गर्न पनि तयार हुने यी मानिस प्रेमको मामिलामा निकै पक्का हुने गर्छन्। यी मानिसले आफूले प्रेम गरेको मानिसलाई जीवनभर साथ दिने गर्छन्।
जुलाई महिना
जुलाई महिनामा जन्म लिएका मानिस स्वभावले निकै जिद्दी किसिमका हुन्छन्। अरु मानिसको केहि नसुन्ने यी मानिस हरेक क्षेत्रमा आफैं निर्णय लिने गर्छन्। हरेक सम्बन्ध निकै सम्मान गर्ने यी मानिसलाई धेरै पटक धोका समेत मिल्ने गर्छ। यी मानिसको लागि सबैभन्दा महत्वपूर्ण हुन्छ आफ्नो परिवार र सम्बन्ध। प्रेम सम्बन्धमा निकै रोमान्टिक हुने यी मानिस निकै पक्का हुने गर्छन्।
अगस्ट महिना
निकै कन्जुस किसिमका यी मानिसले पैसाको महत्व राम्रोसँग बुझेका हुन्छन्। समझदार किसिमका यी मानिस निकै आकर्षक व्यक्तित्वको धनी हुने गर्छन्। आफ्नो काम र भविष्यलाई लिएर निकै गम्भिर हुने यस्ता मानिस प्रेममा छिट्टै पर्छन्। आफ्ना प्रेमीलाई निकै विश्वास गर्ने अगस्ट महिनामा जन्मिएका मानिस उनिहरुको लागि ज्यान दिन पनि तयार हुन्छन्। यी मानिस पनि प्रेमको मामिलामा निकै पक्का हुने गर्छन्।

