यस्ता गुण भएका श्रीमती हुने पुरुष हुन्छन् निकै भाग्यमानी, जीवन हुन्छ स्वर्ग जस्तै !

आचार्य चाणक्य द्वारा लेखिएको नीतिशास्त्रका कुराहरू आज पनि धेरै महत्त्वपूर्ण छन्। नीतिशास्त्रमा मानिसको निजी जीवन देखि मित्रहरू, व्यापार, रोजगार र समाजमा रहन-सहनका सम्बन्धहरू आचार्य चाणक्यले आफ्नो विचार प्रकट गरेका छन्। यदि चाणक्य नीतिका सिद्धान्तमा लुकेको सारलाई बुझ्ने प्रयास गरेर ती कुराहरूको अनुसरण गर्ने हो भने जीवन सफल र सुखमय बनाउन सकिन्छ। आचार्य चाणक्यले नीतिशास्त्रमा महिला र वैवाहिक जीवनका महत्वपूर्ण कुराहरू पनि उल्लेख गरेका छन्। नीतिशास्त्रमा महिलाका केही गुणहरू उल्लेख गरिएको छ। यी गुण भएको महिलासँग विवाह गर्नेको जीवनमा सधैं सुखको वर्षा हुन्छ। यस्ता व्यक्तिलाई निकै भाग्यमानी मानिन्छ।

धार्मिक 

आचार्य चाणक्यले भनेका छन्, जसको श्रीमती धर्मको मार्गमा हिँड्छिन्, उनको जीवनमा सधैं सुख वास हुन्छ । यस्ती महिलाले आफ्नोसँगै आफ्नो परिवारको पनि मान-सम्मान बढाउँछिन् । एक धार्मिक महिलाले आफ्ना छोराछोरीलाई धार्मिकताको मार्गमा हिंड्न सिकाउँछिन्। यस्तो महिलासँग विवाह भएको व्यक्ति धेरै भाग्यशाली हुन्छन् ।

धैर्य-सन्तुष्टि 

आचार्य चाणक्य भन्छन् कि जो महिला धैर्य र सन्तुष्ट हुन्छिन्, उनले हरेक परिस्थितिमा आफ्नो पतिको साथ दिन्छिन्। जो महिलामा यी गुणहरू हुन्छन्, उनको पतिले सबैभन्दा कठिन परिस्थितिलाई पनि सजिलै सामना गर्न सक्छन्।

नरम बोली भएकी 

नम्र बोली बोल्ने महिलाले नै परिवारलाई एकसाथ बाँधेर राख्छिन् । यस्तो घरमा सधैं सुख शान्तिको बास रहन्छ। यस्तो महिलाले घरलाई स्वर्गजस्तै बनाउन सफल हुन्छिन्।

प्रकाशित : बिहिबार, मङि्सर ०२, २०७८१३:१८

५८० वर्षपछि आज लाग्दैछ सबैभन्दा लामो चन्द्र ग्रहण, यी ५ राशिमा पर्नेछ प्रभाव !