एजेन्सी – प्रिमियर लिगमा आज वाटफोर्डले म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ। लिगको लगभग पुच्छारमा रहेको वाटफोर्डले घरेलु मैदानमा युनाइटेडको आतिथ्यता गर्न लागेको हो। खेल नेपाली समय अनुसार ८ बजेर ४५ मिनेटमा शुरु हुनेछ।
वाटफोर्डले जारी सिजनमा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन। लिगका ११ खेल्दा वाटफोर्ड अहिले सम्म मात्रै ३ खेलमा जित निकालेको छ भने बाँकी ७ खेलमा हार्दा १ खेलमा बराबरी खेलेको छ। वाटफोर्डको मात्रै १० अंक छ।
त्यस्तै यता युनाइटेड पनि भनेजस्तो प्रदर्शन गर्न सकिरहेको छैन। गएको सिजन लिगको दोस्रो भएर लिगको अन्त्य गरेको युनाइटेड जारी सिजनमा लिगको छैठौं स्थानमा छ। ११ खेल खेल्दा युनाइटेडले ५ खेलमा जित निकाल्दा ४ खेलमा हार बेहोरेको छ। बाँकी २ खेलमा भने युनाइटेडले बराबरी खेलेको छ।
प्रेरित रोनाल्डो
https://www.instagram.com/p/CWdrBG_gHEp/
पोर्चुगललाई सिधै विश्वकपका लागि छनौट गराउन असफल भएपछि रोनाल्डो युनाइटेडमा केन्द्रित भएका छन्। खेलको पूर्वसन्ध्यामा रोनाल्डोले सामाजिक संजाल मार्फत लक्ष्य प्राप्तिका लागि डटेर लड्ने संकेत गरेका छन्। उनले लेखेका छन्,”यस सिजनमा हामीले के हासिल गर्न खोजिरहेका छौं त्यसलाई पछ्याऔं।”
खेल कुन च्यानलमा हेर्ने ?
वाटफोर्ड र युनाइटेड बीच हुने खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैनन्। यी दुई बीचको खेल हेर्नको लागि भारतीय च्यानलको भर पर्नुपर्नेछ। खेल स्टार स्पोर्ट्स ३ मा हेर्न सकिनेछ

