“युनाइटेडको समस्या भनेको रोनाल्डो हुन्, क्लबबाट निकाल्नु पर्छ”

ब्रेन्डन रोजर्सलाई म्यानचेस्टर युनाइटेडको जागिर दिइयो भने उनले गर्नुपर्ने पहिलो चीजको बारेमा केही सल्लाह प्रस्ताव गरिएको छ – क्रिस्टियानो रोनाल्डोबाट छुटकारा पाउनुहोस्। ओल्ड ट्राफोर्डमा ओले गुन्नार सोल्स्कजायरको पद गएपछि रोजर्सलाई नर्वेजियन प्रशिक्षकलाई प्रतिस्थापित गर्ने मुख्य दाबेदारको रूपमा हेरिएको छ।

पछिल्ला केहि वर्षमा उत्कृष्ट ट्रान्सफर विन्डोपछि म्यान युनाइटेडका समर्थकहरु यस सिजनका लागि धेरै उत्साहित थिए। क्लबले जाडोन सान्चोको रूपमा युरोपका सबैभन्दा कलात्मक विङ्गरहरूमध्ये एकलाई अनुबन्ध गरेको थियो, विश्वकप विजेता राफेल भारानेलाई अनुबन्ध गरेर गुणस्तर थपेको थियो र सबै समयका उत्कृष्ट खेलाडीहरूमध्ये एक क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएको थियो।

सिजनको सुरुवातमा धेरैले यस सिजन युनाइटेडलाई प्रिमियर लिग दाबेदारको रूपमा हेरिएको थियो। तर अहिले त्यसको उल्टो भइरहेको छ। अहिलेको स्थितिमा म्यानचेस्टर युनाइटेड सातौँ स्थानमा रहेको छ।

शनिबार वार्टफर्डसँग ४-१ को लज्जास्पद हारपछि ओले क्लबबाट वर्खास्त भएसँगै क्लबका लागि नयाँ प्रशिक्षकको खाँचो रहेको छ। जसका लागि रोजर्स एक दाबेदार रहेका छन्। यस्तोमा यदि रोजर्स युनाइटेडको प्रशिक्षक भएको खण्डमा उनले सबैभन्दा पहिले गर्नुपर्ने काम भनेको रोनाल्डोलाई क्लबबाट निकाल्नु पर्ने सुझाव दिइएको छ।

पूर्व वेस्टह्याम स्टार कार्लटन कोलका अनुसार रेड डेभिल्सका लागि ब्रेन्डन रोजर्स सबैभन्दा उपयुक्त विकल्प हुने बताएका छन्। “लेस्टरका फ्यानहरूले मलाई यसको लागि घृणा गर्नेछन् तर मलाई लाग्छ कि ब्रेन्डन रोजर्स म्यान युनाइटेडको कामको लागि सही व्यक्ति हुनेछन्,” पूर्व वेस्ट ह्याम स्ट्राइकरले स्पोर्ट्स बारमा भने,””रोनाल्डोबाट छुटकारा पाउनुहोस्, रोजर्सले उनलाई बाहिर निकाल्नुपर्नेछ। किनभने रोजर्स जस्ता प्रशिक्षकले भविष्यका लागि उत्कृष्ट टोली तयार गर्ने तर्फ ध्यान दिनेछन्।”

प्रकाशित : सोमबार, मङि्सर ०६, २०७८१४:११

मेस्सी अब बार्सिलोना नफर्किने, पीएसजी मै च्याम्पियन्स लिग जित्ने अनि कतार विश्वकपमा…..