मेस्सी अब बार्सिलोना नफर्किने, पीएसजी मै च्याम्पियन्स लिग जित्ने अनि कतार विश्वकपमा…..

पीएसजीका सुपरस्टार लियोनल मेस्सीले बार्सिलोना फर्कन चाहेको दाबी धेरै रिपोर्टले गरे पनि अर्जेन्टिनी कप्तानले भने बार्सिलोनामा पुन: आवद्ध हुने विचार नगरेको क्याटलान अखबार स्पोर्टले जनाएको छ। ३४ वर्षीय स्ट्राइकर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग नै च्याम्पियन्स लिग जित्ने दाउमा रहेका छन्।

२१ वर्षको बार्सिलोना बसाईपछि यसै सिजनको सुरुवात अगाडी मात्र मेस्सी फ्री-ट्रान्सफरमा पीएसजी प्रस्थान गरेका हुन्, जहाँ उनले २ वर्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। क्याम्प नोउबाट अर्जेन्टिनी कप्तानको बहिर्गमन अन्तिम स्थानान्तरण विन्डोको सबैभन्दा ठूलो चर्चाको विषय बनेको थियो।

पीएसजीमा मेस्सीको सुरुआत सोचे जस्तो सहज भने हुन सकेको छैन। ३४ वर्षीय पूर्व बार्सिलोना कप्तान पेरिस प्रस्थान गरेदेखि नै चोटपटकसँग संघर्ष गर्दै आएका छन् जसको कारण उनले हालसम्म मात्र ६ लिग खेल खेल्न सफल भएका छन् जसमा मात्र १ गोल गर्न सफल भएका छन्। नयाँ क्लबमा उत्कृष्ट सुरुवात गर्न संघर्ष गरिरहेका मेस्सीले पेरिस गरेको ४ महिना पनि नहुँदै क्लब छाड्ने बारेको सोच्न सुरु गरेको बताइएको छ। ६ पटक का ब्यालोन डी ओर विजेता बार्सिलोना फर्कन चाहेको पनि थुप्रै रिपोर्टले बताए।

तर हालैका केहि रिपोर्टहरुलाई मान्ने हो भने मेस्सीको बार्सिलोना फर्किने कुनै सोच नरहेको र पीएसजी मै उत्कृष्ट प्रदर्शन गर्ने सोच रहेको बताइएको छ। मेस्सी माउरिसियो पोचेटिनोको साथमा च्याम्पियन्स लिग जित्न कटिबद्ध छन्। पीएसजी स्टार अर्को वर्ष हुने विश्वकपमा उत्कृष्ट आकारमा जान चाहन्छन्, जुन उनको अन्तिम विश्वकप हुने सम्भावना उच्च रहेको छ।

प्रकाशित : सोमबार, मङि्सर ०६, २०७८१५:५६

यी हुन् २०२२ विश्वकप जित्ने प्रमुख २० दाबेदार देश, रोनाल्डो अगाडी कि मेस्सी ?