बेलिङघमलाई पछि पार्दै पेड्रीले जिते ‘गोल्डेन ब्वाई अवार्ड’

एजेन्सी – स्पेन तथा क्याटलान क्लब बार्सिलोनाका युवा स्टार मिडफिल्डर पेड्रीले यस वर्षको ‘गोल्डेन ब्वाई अवार्ड जितेका छन् । अवार्ड जित्ने क्रममा १८ वर्षीय मिडफिल्डर पेड्रीले जर्मन क्लब बोरुसिया डर्टमुन्ड तथा इंग्ल्याण्डका जुड बेलिङघमलाई पछि पारे । पेड्रीले ३१८ अंक प्राप्त गरे ।

यसपटकको अवार्डको भोटिङमा ४० पत्रकारले मतदान गर्दा २६ जनाले पेड्रीलाई पहिलो स्थानमा राखेका थिए । ९ जनाले दोस्रो तथा ३ जनाले तेस्रो स्थानमा राख्दा पेड्रीलाई मत नदिने दुई जना मात्रै रहेका थिए । उनले दोस्रो स्थानमा रहेका जुडे बेलिङघमलाई भारी मतान्तरले पछि पार्दै यो अवार्ड जितेका हुन् । अवार्डको इतिहासमा पहिलो र दोस्रो हुनेबीच यति धेरै मतान्तर भएको थिए ।

अवार्ड जितेपछि भिडियो सन्देशमा पेड्रीले यस ट्रफीको लागि टुटोस्पोर्ट्सलाई धन्यवाद व्यक्त गरेका छन् । ‘यो ट्रफीको लागि टुटोस्पोर्ट्सलाई धन्यवाद, जसले मलाई गर्व गर्छ र म जुरीका सबै सदस्य र समर्थकहरुलाई पनि धन्यवाद दिन चहान्छु, जसले मलाई सधै समर्थन गरेको छ । जुन मेरो लागि पछिल्लो वर्ष अविश्वसनीय रह्यो ।’ म बार्सिलोना, स्पेनिस राष्ट्रिय टोली, मेरो परिवार, मेरो साथीहरु र दिनहु मेरो नजिक हुने सबैलाई धन्यवाद दिन चहान्छु, जो विना म गोल्डेन ब्वाई अवार्ड जित्न सक्षम हुने थिएन ।’

उनले १३ डिसेम्वरमा एक समारोहका बीच यो अवार्ड ग्रहण गर्नेछन् । इटालियन पत्रिका टुट्टो स्पोर्ट्सले युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने २१ वर्ष मुनिका युवा खेलाडीलाई यो अवार्ड प्रदान गर्दै आइरहेको छ । यो १९औं संस्करण हो ।

स्पेनिस मिडफिल्डर पेड्री २०२० मा दोस्रो डिभिजनको लास पाल्मासबाट बार्सिलोना आएका थिए । उनले गत सिजन बार्सिलोनाका लागि ५३ खेल खेल्दा उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जित्न सफल भएका थिए । पेड्रीले स्पेनबाट युरोकप खेलेका थिए । यस्तै टोकियो ओलम्पिकमा रजत जित्दा उनी टोलीका प्रमुख सदस्य रहेका थिए । चोटका कारण गत सेप्टेम्बरयता खेलेका छैनन् ।

उनले बार्सिलोना, स्पेनबाट अन्तर्राष्ट्रिय खेल र टोकियो ओलम्पिकसहित कुल ७३ खेल खेले । उनी गत सिजन युरोपको शीर्ष लिगहरुमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका थिए ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७८०८:२७

फिफाको ‘द बेस्ट’ अवार्डको मनोनयन सार्वजनिक ! मनोनयनमा को-को परे ? [सूचि सहित]