एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले हरेक वर्ष प्रदान गर्ने वर्ष खेलाडी ‘द बेस्ट फिफा’ अवार्डको यस वर्षको विभिन्न ६ विधाको मनोनयन सार्वजनिक गरेको छ ।
फिफाले सोमबार सार्वजनिक गरेको मनोनयनमा यो वर्ष पुरुषतर्फ गतवर्षको विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ जना परेका छन् । मनोनयनमा लेवान्डोस्कीसँगै क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, करिम बेन्जिमा, केभिन डे ब्रुएन, एर्लिङ हालाण्ड, जर्गिन्हो, एङ्गोलो कान्टे, केलियन एमबाप्पे, नेयमार र मोहम्मद सलाह परेका छन् ।
महिलातर्फ १३ खेलाडी मनोनयनमा परेका छन् । महिला प्रशिक्षकतर्फ ५ जना र पुरुष प्रशिक्षकतर्फ ७ जना मनोनयनमा परेका छन् । महिला र पुरुष प्रशिक्षकतर्फ समान ५ जना मनोनयनमा परेका छन् ।
फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ । फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ । भोटिङको समय १० डिसेम्वरसम्म रहेको छ ।
‘दि वेस्ट’ फिफा पुरुष खेलाडी मनोनयन
करिम बेन्जेमा (फ्रान्स/रियल म्याड्रिड), केभिन डि ब्रुएन (बेल्जियम/म्यानचेस्टर सिटी), क्रिस्टियानो रोनाल्डो (पोर्चुगल/युभेन्ट्स/म्यानचेस्टर युनाइटेड), रोबर्ट लेवान्डोस्की (पोल्यान्ड/बायर्न म्युनिख), लियोनेल मेस्सी (अर्जेन्टिना/बार्सिलोना/पीएसजी), नेयमार (ब्राजिल/पीएसजी), एर्लिङ हालान्ड (नर्वे/बोरुसिया डर्टमुन्ड), जर्गिन्हो (इटाली/चेल्सी), एङ्गोलो कान्टे (फ्रान्स/चेल्सी), केलियन एमबाप्पे (फ्रान्स/पीएसजी) र मोहम्मद सलाह (इजिप्ट/लिभरपुल)
‘दि वेस्ट’ फिफा महिला खेलाडी मनोनयन
स्टिना ब्ल्याकस्टेनिअस (स्वीडेन/विके हाकेन), एइटाना बोनमाटी (स्पेन/बार्सिलोना), लुसी ब्रोन्ज (इंग्ल्यान्ड/म्यानचेस्टर सिटी), मागडालेना इरिक्सन (स्वीडेन/चेल्सी), क्यारोलिन ग्राहम हानसेन (नर्वे/बार्सिलोना), पर्निल हार्डर (डेनमार्क/चेल्सी), जेनिफर हर्माेसो (स्पेन/बार्सिलोना)
जि सु युन (कोरिया रि पब्लिक/चेल्सी), साम खेर (अष्ट्रेलिया/चेल्सी), भिभिएन मिडेमा (नेदरल्यान्ड्स/आर्सनल), एलेन ह्वाइट (इंग्ल्यान्ड/म्यानचेस्टर सिटी), एलेक्सा पुटेलास (स्पेन/बार्सिलोना) रक्रिस्टिन सिनक्लेर (क्यानडा/पोर्टल्यान्ड थोरनस)
‘दि वेस्ट’ पुरुष गोलरक्षक मनोनयन
एलिसन बेकर (ब्राजिल/लिभरपुल), जियानलुइजी डोन्नररुम्मा (इटाली/एसी मिलान/पीएसजी), इडुआर्ड मेन्डी (सेनेगल/चेल्सी), म्यानुयल नुयर (जर्मनी/बायर्न म्युनिख) र कास्पर स्माइकल (डेनमार्क/लेस्टर सिटी)
‘दि वेस्ट’ महिला गोलरक्षक मनोनयन
एन कार्टिन वर्गर (जर्मनी/चेल्सी), क्रिस्टियन इन्डलेर (चिली/पीएसी/ओलम्पिक लियोन), स्टेफानी लिन मारी लावी (क्यानडा/रोसेनगार्ड पीएसजी), हेडभिग लिन्डाल (स्वीडेन/एट्लेटिको म्याड्रिड) रएलेसा नाइहेर (अमेरिका/सिकागो रेड स्टार)
‘दि वेस्ट’ महिला प्रशिक्षक मनोनयन
लुइस कोर्टेस (स्पेन/बार्सिलोना), पिटर गेरहार्डसन (स्वीडेन/स्वीडेन राष्ट्रिय टोली), इमा हाएस (इंग्ल्यान्ड/चेल्सी), वेभर्ली प्रिइस्टमान (इंग्ल्यान्ड/क्यानडा राष्ट्रिय टोली) र सरिना वेगमान (नेदरल्यान्ड्स/डच/इंग्लिस राष्ट्रिय टोली)
‘दि वेस्ट’ पुरुष प्रशिक्षक मनोनयन
एन्टेनियो कोन्टे (इटाली/इन्टर/टोटेनहम), हान्सी फ्लिक (जर्मनी/बायर्न म्युनिख/जर्मनी राष्ट्रिय टोली), पेप ग्वार्डिओला (स्पेन/म्यानचेस्टर सिटी),
रोबर्टाे मान्सिनी (इटाली/इटाली राष्ट्रिय टोली), लियोनेल स्कोलानी (अर्जेन्टिना/अर्जेन्टिना राष्ट्रिय टोली), डिएगो सिमिओन (अर्जेन्टिना/एट्लेटिको म्याड्रिड) र थोमस टुचेल (जर्मनी/चेल्सी)