“अहिले मेस्सी रोनाल्डोको स्तरमा छैनन्”

एजेन्सी – लिभरपुलका पूर्व डिफेन्डर जेमी कर्राघेरले लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो बीच तुलना गर्न मिल्ने अवस्था नरहेको बताएका छन्। च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी विरुद्ध मेस्सीले राम्रो प्रदर्शन गर्न नसकेपछि कर्राघेरले एक टेलिभिजन कार्यक्रमका क्रममा मेस्सी रोनाल्डोको स्तरमा नरहेको बताएका हुन्।

बल नियन्त्रणमा पछिल्लो समय रोनाल्डो कम्जोर हुँदै गएपनि गोल गर्न भने नछाडेको कर्राघेरले बताए। रोनाल्डोका केहि कमीकमजोरी भएपनि मेस्सी उनको स्तरमा नरहेको कर्राघेरको भनाई छ।

“मैले धेरै पटक भनिसकेको छु कि बलमा रोनाल्डोको पकड छैन। प्रेसिङमा पनि रोनाल्डो कम्जोर भएको मलाई लाग्छ। तर यसो भनिरहँदा उनले गोल गर्न भने छाडेका छैनन्। कम्तिमा उनले गोल त गरिरहेका छन्। तर मेस्सी भने यो कुरामा पनि चुकेका छन्।”,कर्राघेरले भने। रोनाल्डो अन्तिम मिनेट सम्म पनि गोल गर्न सक्ने क्षमता राख्ने खेलाडी रहेको कर्राघेरले बताए।

मेस्सी यसै सिजन बार्सिलोनाबाट पिएसजी पुगेका हुन् भने रोनाल्डो पनि यसै सिजन युनाइटेड पुगेका हुन्। रोनाल्डो क्लब परिवर्तन गरेपछि पनि गोल गरिरहेका छन् तर मेस्सी भने पिएसजीका लागि गोल गर्न संघर्षरत छन्। धेरैले मेस्सी फ्रान्समा घुलमिल हुन नसकेको भन्दै टिप्पणी गरिरहेका छन्।

मंगलबार राति च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले सिटीको सामना गर्यो। उक्त खेलमा मेस्सी सहित पिएसजीका स्ट्राइकरहरु निरिह देखिए। किलियन एम्बाप्पे बाहेक अन्य कुनै पनि पिएसजी खेलाडीले गोल गर्न सकेनन्। सिटी विरुद्धको खेलमा कम्जोर प्रदर्शन गरेपछि यतिबेला मेस्सीको आलोचना भैरहेको छ।

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८१७:१६

“मेस्सी,नेयमार र एम्बाप्पेका कारण पिएसजीले च्याम्पियन्स लिग जित्न सक्दै-सक्दैन”