राङनिक आउने बितिकै युनाइटेडमा उथलपुथल हुने, दुई खेलाडी भविष्य धरापमा !

एजेन्सी – म्यानचेस्टर युनाइटेडको नयाँ प्रशिक्षकमा राल्फ राङनिक आउने चर्चाले युरोपमा तरंग पैदा भएको छ। म्यानचेस्टर युनाइटेडले ओले गुन्नार सोल्साएरलाई बिदा गरेपछि उनको ठाउँमा राल्फ राङनिक आउने चर्चा केहि दिन देखि लगातार चलिरहेको छ।

जर्मनीमा उत्कृष्ट प्रशिक्षकको रुपमा परिचित रहेका उनलाई युरोपमा छुट्टै नजरले हेरिन्छ। सिजनको शुरुवात देखि निरन्तर कम्जोर प्रदर्शन गरिरहेको युनाइटेडमा उनले के कस्तो परिवर्तन गर्छन् भन्नेमा सबैको चासो छ।

आउने केहि दिनमै उनी र युनाइटेड बीच सम्झौता हुने उच्च सम्भावना छ। गडफादर अफ गेगेनप्रेसको उपनामले समेत चिनिने राङनिकले युनाइटेडको टोलीमा विभिन्न परिवर्तन गर्ने बताइन्छ।

बेलायती मिडियाहरुका अनुसार राङनिक आएपछि युनाइटेडका धेरै खेलाडीहरुको भविष्य धरापमा पर्नेछ। प्रेसिङ खेलमा विश्वास गर्ने उनले युनाइटेडका केहि खेलाडीहरुलाई अन्यत्र पठाएर अन्य खेलाडीहरुलाई युनाइटेडमा भित्र्याउन बल गर्नेछन्।

राङनिक आएपछि डोनी भ्यान डी बेक र डीन हेन्डरसन धरापमा पर्न सक्ने बेलायती मिडियाहरुको दावी छ। शिर्ष ४ बाट आउट भइसकेको युनाइटेडलाई लयमा फर्काउन उनेल यी दुई खेलाडीलाई बिक्री गरेर अन्य खेलाडी भित्र्याउने योजना बनाउन सक्छन्।

भान डी विक युनाइटेडको पहिलो रोजाईमा पर्न संघर्षरत छन्। च्याम्पियन्स लिग अन्तर्गत भिल्लारियल विरुद्धको खेलमा मौका पाएपनि उनले प्रिमियर लिगका कम खेलमा मात्रै मौका पाएका छन्।

त्यस्तै डीन हेन्डरसनको पनि उस्तै ताल छ। अझ भन्ने हो भने उनको भान डी विकको भन्दा खराब अवस्था छ। उनले जारी सिजनमा अहिले सम्म युनाइटेडको स्क्वाडमा स्थान बनाउन सकेका छैनन्।

प्रकाशित : सोमबार, मङि्सर १३, २०७८०२:३८

डी मारिया भन्छन् – ‘कोपा अमेरिका जितेका मेस्सीले बालोन डी’ओर नजिते कसले जित्ने?’