नेयमार दुई महिना ‘आउट’

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का ब्राजिलियन स्टार फरवार्ड नेयमारले कम्तिमा दुई महिना मैदान बाहिर रहने भएका छन्। आइतबार राति सेन्ट इटिएन विरुद्धको खेलमा घाइते भएका नेयमार कम्तिमा ८ हप्ता मैदान बाहिर रहने भएका हुन्।

फ्रेन्च मिडियाहरुले गरेको दावी अनुसार हालको अवस्थालाई हेर्दा नेयमारले दुई महिना भन्दा बढी मैदान बाहिर रहनुपर्नेछ। यससँगै नेयमार यस वर्ष मैदानमा नउत्रने पक्का भएको छ। नेयमारले सन् २०२२ को पहिलो महिना जनवरी पनि गुमाउने पक्का जस्तै छ।

के भएको थियो नेयमारलाई ?

आइतबार सेन्ट इटिएन विरुद्धको खेलमा नेयमार अन्तिम समयमा घाइते हुन पुगेका थिए। विपक्षी टोलीका खेलाडीले ट्याकल गरेपछि अनियन्त्रित भएर विपक्षी खेलाडीको खुट्टामा टेक्न पुग्दा नेयमार आफैं घाइते भएका थिए। त्यसक्रममा नेयमारको खुट्टा फर्किएको थियो। घाइते भएपछि नेयमारलाई स्ट्रेचरमा राखेर लागिएको थियो।

के भन्छन् पिएसजी ?

नेयमारको विषयमा पिएसजीले आधिकारिक विज्ञप्ति जारी गरिसकेको छ। नेयमारको बाँया खुट्टाको गोलिगाँठोमा चोट पुगेको र लिगामेन्टमा समेत समस्या देखिएको पिएसजीले जनाएको छ। पिएसजीका अनुसार नेयमारले ६ देखि ८ हप्ता सम्म गुमाउन सक्नेछन्। नेयमारको चोट बारे आउने दिनहरुमा थप जानकारी प्राप्त हुने पिएसजीको भनाई छ।

बलियो भएर फर्किने प्रण

घाइते भएका नेयमारले बलियो भएर फर्किने बताएका छन्। खेल लगतै सामाजिक संजाल मार्फत बलियो भएर फर्किने बताएका हुन्। सामाजिक संजालमा नेयमारले चोट खेलाडीको जीवनको हिस्सा हुने मात्रै बताएका छैनन्, पुनः फेरी टाउको उठाएर अगाडी बढ्ने पनि बताएका छन्।

“दुर्भाग्यवश यी अवरोधहरू एक खेलाडीको जीवनका अंशहरु हुन्। म अझ राम्रो र बलियो भएर फर्किने छु।”,घाइते भएका नेयमारले सामाजिक संजालमा लेखेका छन्।

प्रकाशित : सोमबार, मङि्सर १३, २०७८२२:०९

लेवान्डोस्की र जर्गिन्होलाई पछि पार्दै मेस्सीले जिते बालोन डि ओर