युनाइटेड भर्सेस प्यालेस: रोनाल्डो स्क्वाडबाट आउट ?

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले क्रिस्टल प्यालेस विरुद्धको खेल गुमाउने सम्भावना बढेको छ। घुँडामा समस्या देखिएका कारण रोनाल्डोले प्यालेस विरुद्धको खेल गुमाउने सम्भावना बढेको हो।

विभिन्न बेलायती मिडियाहरुले गरेको दावी अनुसार घुँडामा समस्या देखिएका कारण युनाइटेडले आइतबार हुने प्यालेस विरुद्धको खेल गुमाउन सक्नेछन्। आर्सनल विरुद्धको खेलमा गोल गरेपछि खुशियाली मनाउने क्रममा रोनाल्डो घाइते भएको डेली मेलले जनाएको छ।

केहि दिन अगाडी मात्रै युनाइटेडले आर्सनललाई हराउँदा रोनाल्डोले दुई गोल गरेका थिए। खेलको ७० औं मिनेटमा पेनाल्टी गोल गरेपछि रोनाल्डोले आफ्नो शैलीमा सेलिब्रेट गर्दा रोनाल्डोको घुँडामा सामान्य समस्या देखिएको थियो। रोनाल्डो आर्सनल विरुद्धको खेलमा ८८ मिनेट सम्म खेलेका थिए।

युनाइटेड भर्सेस क्रिस्टल प्यालेस

आइतबार राति युनाइटेडले घरेलु मैदानमा युनाइटेडले क्रिस्टल प्यालेसको सामना गर्दैछ। खेल नेपाली समय अनुसार ७ बजेर ४५ मिनेटमा शुरु हुनेछ। प्यालेस विरुद्ध जित निकाल्न सकेको खण्डमा युनाइटेडको शिर्ष ४ मा पर्ने सम्भावना थप बलियो भएर जानेछ। युनाइटेड अहिले लिगको सातौँ स्थानमा छ। युनाइटेडले १४ खेलबाट २१ अंक बटुलेको छ। प्यालेस भने १६ अंक सहित ११ औं स्थानमा छ।

प्रकाशित : शनिबार, मङि्सर १८, २०७८११:४९

युनाइटेडले प्यालेसलाई तह लगाउला ? खेल कुन च्यानलमा हेर्ने ?