दरबारमार्गको बिइङ ह्युमनमा प्रहरी छापा, यति ठूलो रकम सहित म्यानेजर पक्राउ !

काठमाडौँ – स्रोत नखुलेको लाखौं रकम सहित एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। स्रोत नखुलेको ६९ लाख रकम सहित एक जनालाई प्रहरीले काठमाडौँको दरबारमार्गबाट एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौंको दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलका म्यानेजर हिरोसी खनाल रहेका छन्। उनको साथबाट प्रहरीले ६९ लाख ५० हजार नगद बरामद गरेको छ।

दरबारमार्ग क्षेत्रमा स्रोत नखुलेको रकम लुकाएर राखेको राखेको भन्ने सूचना पाएपछि खटिएको प्रहरी टोलीले रकम सहित उनलाई फेला परेको र स्रोत खुलाउन नसकेपछि खनाललाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

महानगरीय प्रहरी परिसरका अनुसार उनको साथबाट एक हजारका दरले १०० वटा भएको ४९ वटा गड्डी, ५०० का दरको १०० वटा भएको २० वटा गड्डी र ५०० का ५० वटा नोट बरामद भएको छ। उनले सो रकम बिइङ ह्युमनको निलो रंगको झोलामा लुकाइराखेको भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

पक्राउ परेका खनाललाई रकम सहित सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको छ।

प्रकाशित : आइतबार, मङि्सर १९, २०७८१४:२८

भारतबाट फर्किनेले अब सात दिन क्वारेन्टिनमा बस्नुपर्ने !