रोनाल्डो भर्सेस मेस्सी: कुन वर्षमा कसले कति गोल गरे ? [तथ्यांक सहित]

एजेन्सी – लियोनेल मेस्सी र रोनाल्डो दुवै फुटबल इतिहाँसको एक अभिन्न हिस्सा रहनेमा दुई मत छैन। मेस्सी र रोनाल्डो बारे आउने कयौं वर्ष सम्म चर्चा हुनेछ। गएको डेढ दशक देखि फुटबल जगतमा दुवैले जसरी दबदबा बनाइरहेका छन्, त्यो पक्कै पनि तारिफ योग्य छ।

गएको डेढ दशक भन्दा बढी समय देखि यी दुईले एक-अर्कासंग प्रतिष्पर्धा गरे। यी दुई बीच व्यक्तिगत मात्र नभई क्लब र देशस्तरीय रुपमा पनि प्रतिष्पर्धा भयो। रोनाल्डोले सन् २००२ मा व्यावसायिक फुटबल शुरु गरेका थिए भने सन् २००४ देखि व्यावसायिक फुटबल शुरु गरेका थिए।

दुवैको फुटबल करियर अगाडी बढ्दै गर्दा प्रतिष्पर्धा हुन शुरु भएको थियो। रोनाल्डोले मेस्सी भन्दा साढे २ वर्षले जेठा छन् भने उनले मेस्सी भन्दा दुई वर्ष अगाडी फुटबल करियर शुरु गरेका थिए। रोनाल्डोले सन् २००२ मा स्पोर्टिङ सीपीका लागि १६ खेल खेल्दा पाँच गोल गरेका थिए। त्यस्तै सन् २००३ मा रोनाल्डोले ३६ खेल खेल्दा मात्रै १ गोल गरे। रोनाल्डोले सन् २००३ मै म्यानचेस्टर युनाइटेडका लागि डेब्यु गरेका थिए।

सन् २००४ मा रोनाल्डोले कुल ६० खेल खेल्दा १३ गोल गरे। त्यहि वर्ष मेस्सीले व्यावसायिक फुटबलको शुरुवात गरे। त्यस वर्ष मेस्सीले ७ खेल खेल्दा १ गोल पनि गर्न सकेनन्। सन् २००५ मा रोनाल्डोले कुल ६४ खेलमा १५ गोल गर्दा मेस्सीले २१ खेलमा ३ गोल गरे।

सन् २००६ मा रोनाल्डोले ६० खेल खेल्दा २५ गोल गरे भने मेस्सीले ३३ खेलमा १२ गोल गरे। सन् २००७ मा रोनाल्डोले ६० खेलमा ३४ गोल गर्दा मेस्सीले ५५ खेलमा ३१ गोल गरे। हेर्नुहोस् कुन वर्ष रोनाल्डो र मेस्सीले कति-कति गोल गरे ?

Year

Ronaldo matches

Ronaldo goals

Messi matches

Messi goals

2002

16

5

N/A

N/A

2003

36

1

N/A

N/A

2004

60

13

7

0

2005

64

15

21

3

2006

60

25

33

12

2007

60

34

55

31

2008

58

35

48

22

2009

49

30

64

41

2010

59

48

64

60

2011

60

60

70

59

2012

71

63

69

91

2013

59

60

47

45

2014

60

61

66

58

2015

57

57

61

52

2016

57

55

62

59

2017

60

53

64

54

2018

53

49

54

51

2019

50

39

58

50

2020

45

44

48

27

2021

61

45

57

41
प्रकाशित : आइतबार, मङि्सर १९, २०७८१७:१२

युनाइटेड देखि आर्सनल सम्मको हातबाट च्याम्पियन्स लिग उछिट्याउँदै वेष्ट ह्याम !