ऋण लिएको पैसा तिर्नु परेपछि आफ्नै साथीको गरे योजनाबद्ध ह-त्या !

आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको फर्माले हानेर ज्यान लिएका छन् ।

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविनायक–१ सिरुटार पुरानो घर भई सूर्यविनायक–३ बस्ने श्रेष्ठको गएराति पौने १० बजे कु-टपि-ट गरी फर्माले हानेर ज्यान लिएको प्रहरीले जानकारी दिएको छ ।

घटनामा संलग्न रहेको अभियोगमा बालकोट बस्ने राजनकै साथी करिब ३२ वर्षीय हेमन्त श्रेष्ठ र मजदुरी गर्ने प्रेम विकलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिव श्रेष्ठले बिहान अपराध अनुसन्धान महाशाको टोली र जिल्लाको प्रहरी कार्यालयको टोलीसहित तालिम प्राप्त कुकुरको सहायताबाट घटनाबारे थप रहस्य खुलाउँदै ज्यान लिएको घटनामा संलग्न रहेको आशङ्कामा पक्राउ गरी अनुसन्धान गरेको जानकारी दिनुभयो । यसबारेमा थप विस्तृत विवरण साँझसम्ममा सार्वजनिक गर्ने उहाँले जानकार िदिनुभयो ।

महानगरीय प्रहरी वृत्त थिमि, प्रहरी परिसर भक्तपुर र अपराध अनुसन्धान महाशाखाको टोलीले गरेको अनुसन्धानमा प्रहरीले जानकारी दिएको छ । यसबारेमा महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले अनुसन्धान जारी रहेको बताउनुभयो । उहाँका अनुसार राजनले हेमन्तसँग लिनुपर्ने पैसा दिन्छाँै भन्दै हेमन्तले गठ्ठाघरबाट सँगै लगेर फलामे पुल तरेपछि एकान्त ठाउँमा पु¥याएर कुटपिट गरेको र प्रेमले फर्माले हानेर ज्यान लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेनदेनबाटै घटना सृजना भएको पाइएको उहाँले बताउनुभयो । ज्यान लिने र श-व’समेत गायब पार्ने गरी योजनाबद्ध रुपमा घटना घटाइएको पाइएको प्रहरीको भनाइ छ । राति कु-टपि-ट गरेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरेर प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर लैजाँदा अस्पतालले ज्यान गएको जानकारी गराएको उहाँले जानकारी दिनुभयो । मृ-त’क श्रेष्ठको मुख र निधारमा गहिरो चो-ट रहेको छ ।

प्रकाशित : बुधबार, मङि्सर २२, २०७८१६:१२

रिट्रिट अपार्टमेन्टमा कौडा खाल, लाखौ रकम सहित १६ जुवाडे पक्राउ !