एजेन्सी – च्याम्पियन्स लिगबाट बाहिरिएपछि बार्सिलोनाका खेलाडी, प्रशिक्षक देखि उच्चपदस्त अधिकारीहरुलाई पर्न सम्म पिर परेको छ। केहि समय अगाडी मात्रै बार्सिलोनाका प्रशिक्षकमा नियुक्त भएका जाभीलाई पनि कम्ति पिर परेको छैन। बार्सिलोनाबाट लगातार च्याम्पियन्स लिग खेलेका उनले अब प्रशिक्षकको रुप युरोपा लिग खेल्नु पर्ने भएको छ।
स्पेनिस मिडियाहरुका अनुसार पहिलो हाफमै २-० ले पछि परेपछि जाभीले खेलाडीहरुलाई उत्प्रेरित गर्ने प्रयास समेत गरेका थिए। पहिलो हाफमै खराब खेलेपछि जाभीले ड्रेसिङ रुपमा सम्झौता प्रयास गरेको र त्यसक्रममा आफू कस्तो क्लबका लागि खेलिरहेको छु भन्ने कुरा हेक्का राख्न खेलाडीहरुलाई भनेका थिए।
“तिमीहरु मध्ये केहिले बार्सिलोनाका लागि खेल्नुको अर्थ के हो बुझ्न सकिरहेको छैनौँ।”,स्पेनिस मिडियाहरुका अनुसार खेलाडीहरुलाई झपार्दै जाभीले भनेका थिए। रोनाल्ड कोम्यानलाई क्लबले बर्खास्त गरेपछि आएका जाभी बार्सिलोनालाई सहि बाटोमा हिडाउने प्रयासमा छन्।
बार्सिलोना धेर नै खराब अवस्थामा पुगेका कारण उनले धेरै नै असहज भैरेको छ। जाभीले क्लबमा रहेका युवाहरुलाई भरपुर प्रयोग गरेर अगाडी बढ्ने तयारी गरिरहेको बताइन्छ। साथै एक भरपर्दो स्ट्राइकर नहुँदा पनि उनको समस्या बढेको छ।

