बार्सिलोनाको हरि-बिजोक, युरोपा लिग पनि नजित्ने स्थितिमा पुग्यो !

यो सिजन बायर्न म्युनिखसँग बार्सिलोनाको पहिलो हारपछि जेरार्ड पिकेको “हामी जे छौं, त्यस्तै छौं” भन्ने कुख्यात उच्चारणले यो सबै भन्छ। उक्त भनाई पुन: चर्चामा आज जब फेरी एक पटक बार्सिलोनाले बार्यन म्युनिखसँग लज्जास्पद हार बेहोर्न बाध्य भयो।

क्याटालान क्लबले खेलको आधा घण्टा मात्र जर्मन च्याम्पियनलाई रोक्न सफल भयो। त्यसपछि बज्यो क्लबको ब्याण्ड। समूह चरणको पहिलो खेलमा ३-० ले पराजित भएको बार्सिलोना यो पटक पनि ३-० कै हार बेहोर्न पुग्यो। अब, जाभी हर्नान्डेज पेड्री, अन्सु फाती र अन्यको चोटिल खेलाडीको फिर्ताको पर्खाइमा हुनेछन् जब क्रिसमस पछि युरोपा लिगमा बार्सिलोना खेल्नेछ।

बार्सिलोनाले युरोपा लिग जित्ने कुनै पनि सम्भावना राख्नको लागि धेरै परिवर्तन गर्नुपर्नेछ। अहिले र फेब्रुअरी बीचमा धेरै परिवर्तन हुन सक्छ, र यदि जाभीले आफ्ना बिचारहरु क्लबमा उतार्न सके भने क्लबले कमसे कम युरोपा लिगमा प्रतिस्पर्धा गर्न सक्षम हुनुपर्दछ। अहिलेको लागि, तिनीहरू त्यसबाट धेरै टाढा छन्।

बार्सिलोनाले बोरुसिया डर्टमुन्ड, एटलान्टा, सेभिल्ला, आरबी लाइपजिग, वेस्ट ह्याम, रियल सोसिडाड, न्यापोली, रियल बेटिस जस्ता बलियो टोलीहरू सामना गर्न सक्छ। गत सात भेटमा ६ पटक पराजित र एक खेलमा मात्र जीत निकालेको बार्सिलोना लगातार जर्मन क्लब बार्यन म्युनिखको शिकार बन्दै आएको छ। उक्त समयमा जर्मन क्लबले २४ गोल गर्दा बार्सिलोनाले मात्र ७ गोल गर्न सफल भएको छ। उक्त २४ गोल मध्ये १४ गोल पछिल्ला ३ खेलमा आएको हो।

हालको बार्सिलोनाले पहिलेको बार्सिलोना भन्दा कतै पनि नजिक रहेको छैन। यस्तोमा मेस्सी बिनाको बार्सिलोनाले यस पटक युरोपा लिग पनि जित्न निकै कठिन देखिन्छ।

प्रकाशित : शुक्रबार, मङि्सर २४, २०७८१२:१८

मेस्सी बिनाको बार्सिलोना हावा खुस्केको टायर जस्तै भयो, अगाडी बढ्नै सकेन !