पोचेटिनोबाट उठ्यो पीएसजीको भरोसा, जिदानको चर्चा सर्वत्र !

११ महिना अघि मात्र पेरिस सेन्ट-जर्मेनको माउरिसियो पोचेटिनोको नियुक्तिलाई धेरै उत्साहका साथ स्वागत गरेका थिए। अर्जेन्टिनी प्रशिक्षकले थोमस टुचेललाई पार्क डे प्रिन्सेस बेन्चमा प्रतिस्थापन गरेका थिए।

तर त्यसको केहि महिना पछि नै टुचेल चेल्सीको प्रशिक्षकमा नियुक्त भए र अघिल्लो सिजन पीएसजीसँग फाइनल हारेका उनले चेल्सीसँग च्याम्पियन्स लिग उपाधि जित्न सफल भए। लियोनार्डोले क्लब र पूर्व रियल म्याड्रिड प्रशिक्षक बीचको बैठकको अफवाहलाई अस्वीकार गरे तापनि अब, जिनेदिन जिदानको छाया पेरिसमा परेको छ।

जब सेप्टेम्बरमा ट्रान्सफर विन्डो बन्द भयो तब निकै उत्कृष्ट खेलाडी भित्र्याउनुका साथै क्लबमा अनिश्चित भविष्यको बाबजुद पनि एम्बाप्पेलाई रोक्न सफल भएकोमा पीएसजीले राहतको सा फेरेको हुनुपर्छ। तर त्यसपछिको समय भने क्लबका लागि सहज हुन सकेको छैन। कागजमा हेर्ने हो भने क्लबमा केहि कमी छैन। मेस्सी-नेयमार-एम्बाप्पेको ट्रियोलाई रोक्न सकिनेमा शंका रहेको थियो।

तर वास्तवमा पीएसजीका लागि योजना अनुसार केहि भएको छैन। हरेक हप्ता केहि नयाँ समस्या देखिन्छ, हालसालै नेयमारको चोट। जिदानलाई प्रशिक्षकको रूपमा नियुक्त गर्ने चर्चा तीव्र हुँदै गइरहेको छ र पोचेटिनोलाई पनि थाहा छ कि क्लबको अवस्था उत्कृष्ट छैन। त्यसैले पनि ओले गुन्नार सोल्स्कजायरको बर्खास्त पछि उनी म्यानचेस्टर युनाइटेडको जागिरको लागि खुला थिए।

यस्तोमा ११ महिना उनको आगमनले निकै उत्साहित हुने मानिस पनि अहिले पूर्व टोटनह्याम प्रशिक्षकले पीएसजीलाई च्याम्पियन्स लिग जिताउनेमा शंका गर्न थालेका छन्। सबैभन्दा ठूलो कुरा त यो होकी क्लबका सबैभन्दा ठूला स्टार मेस्सी पनि अब पोचेटिनोको काम देखि सन्तुष्ट छैनन्।

प्रकाशित : आइतबार, मङि्सर २६, २०७८१७:०५

म्यानचेस्टर सिटीमा हालाण्ड ? यति सम्म खर्च गर्न तयार भयो सिटी !