म्यानचेस्टर सिटीमा हालाण्ड ? यति सम्म खर्च गर्न तयार भयो सिटी !

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले नर्वेजियन युवा स्टार एर्लिङ हालाण्डलाई जुनै पनि हालतले भित्र्याउने तयारी गरिरहेको खुलासा भएको छ। विभिन्न बेलायती संचार माध्यमहरुले हालाण्डलाई सिटीले जसरी पनि भित्र्याउने तयारी गरिरहेको खुलासा गरेका हुन्।

हालाण्डका लागि सिटी ठूलो भन्दा ठूलो धनराशि खर्च गर्न तयार रहेको बेलायती मिडिया ‘द सन’ले दावी गरेको छ। हालाण्ड भित्र्याउनको लागि खर्च हुने एजेन्ट बोनस, रिलिज क्लज गरी हुन आउने सबै रकम तिर्न सिटी तयार रहेको बताइन्छ।

हालसालै हालाण्डका एजेन्ट मिनो राइओलाले आउने समर ट्रान्सफर विन्डोमै हालाण्डले बोरुसिया डर्टमुन्डका छाड्ने बताएका थिए। राइओलाका अनुसार हालाण्ड बायर्न म्युनिख, रियल म्याड्रिड, बार्सिलोना, म्यानचेस्टर सिटी जस्ता क्लबमा जान सक्छन्।

राइओला गएको केहि समय देखि हालाण्डका लागि नयाँ क्लबको खोजिमा जुटिरहेका छन्। हालाण्डलाई सकेसम्म राम्रो क्लबमा भित्र्याउने उनको योजना छ। त्यति मात्र नभई उनी हालाण्डलाई राम्रो पारिश्रमिक दिलाउन चाहन्छन् भने आफूलाई पनि धेरै बोनस राख्न चाहन्छन्।

‘द सन’ले गरेको दावी अनुसार सिटी हालाण्डका लागि भइपरी आउने यी सबै खर्च बेहोर्न तयार छ। राइओलाले हालाण्डको ट्रान्सफरमा ५५ मिलियन युरो माग गरिरहेको उक्त पत्रिकाले आफ्नो समाचारमा उल्लेख गरेको छ।

हालाण्डओ पारिश्रमिक कति हुन सक्ला ?

सिटी गएको खण्डमा हालाण्डले २५ मिलियन युरो सम्म वार्षिक पारिश्रमिक पाउन सक्छन्। आउने वर्षहरुमा पारिश्रमिक बढ्नेगरी सम्झौता हुन सक्ने चर्चा पनि गरिन्छ। यदि हालाण्ड सिटी जान्छन् भने उनको ट्रान्सफर २ सय ५० मिलियन युरो आसपास हुन सक्नेछ।

प्रकाशित : आइतबार, मङि्सर २६, २०७८१९:४४

चम्किए एम्बाप्पे, पिएसजीको सहज जित !