‘हामीले रोनाल्डोको रूपमा सर्वश्रेष्ठ खेलाडी गुमायौं’ भन्दै गुनासो गरे युभेन्टस चिफले !

युभेन्टसका पूर्व मिडफिल्डर र वर्तमान उपाध्यक्ष पावेल नेडभेडले क्रिस्टियानो रोनाल्डोलाई बेच्दा क्लबको आक्रमण पङ्क्तिमा ठूलो क्षति भएको दाबी गरेका छन्। इटालियन दिग्गजहरूले २०२१ को समरमा रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडलाई प्रारम्भिक £ १२.८५ मिलियन शुल्कमा बेच्न तयार भए। जसपछि १२ वर्षपछि पोर्चुगिज स्टार म्यानचेस्टरको राति जर्सीमा फर्किए।

गत सिजन २९ गोलका साथ रोनाल्डो सरी-ए का उच्च गोलकर्ताको रूपमा सिजनको अन्त्य गर्न सफल भएपनि २०११-१२ सिजनपछि युभेन्टसले लिग उपाधि जित्न असफल भयो। युभेन्टस आफ्नो यूसीएल समूहको शीर्ष स्थानमा रहेपनि रोनाल्डोको बहिर्गमनले युभेन्टसमा यस सिजन प्रारम्भिक असर परेको छ। युभेन्टस सरी-ए मा हाल छैठौं स्थानमा रहेको छ र शिर्ष ११ मा रहेका ११ टोली मध्ये सबैभन्दा कम गोल गरेका छन्।

युभेन्टसले यसै सिजन मात्र एभर्टनबाट मोइस केनलाई स्थायी सम्झौतामा अनुबन्ध गरेको छ। उनीहरूसँग पाउलो डिबाला र अल्भारो मोराटाको रूपमा दुई उत्कृष्ट स्ट्राइकर पनि छन्। यद्यपि, क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा अन्य स्ट्राइकर खेलाडीले आफ्नो खेल एक स्तर माथि उठाउनु पर्ने बताएका छन्।

उनले भने, “कार्यान्वयनको सन्दर्भमा, हामी पछाडि छौं। हामीले ३० गोल गर्ने खेलाडी (रोनाल्डो) गुमायौं, तर हाम्रा खेलाडीहरूले आफ्नो खेल सुधार गर्ने हो भने हाम्रो शिर्ष स्थानमा पुग्ने राम्रो मौका हुनेछ।

प्रकाशित : सोमबार, मङि्सर २७, २०७८१२:२३

पिएसजीले भेट्यो एम्बाप्पेको ठाउँ लिने खेलाडी ! को ?