पिएसजीले भेट्यो एम्बाप्पेको ठाउँ लिने खेलाडी ! को ?

एजेन्सी – युवा स्टार किलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेन(पिएसजी)मा बस्ने हुन् कि होइनन् भन्ने टुंगो छैन। स्पेनिस महारथी रियल म्याड्रिडमा खेल्ने उनको चाहनेले उनलाई कहाँसम्म लैजान्छ भन्ने हेर्न बाँकी छ। एम्बाप्पेले गएको केहि समय देखि रियल जान गरिरहेको जिद्दीले पिएसजीलाई पार्नु पिर परेको छ।

पिएसजी एम्बाप्पेलाई लिएर दिर्घकालिन योजना बनाउन चाहन्छ। तर त्यसमा एम्बाप्पेको साथ मिलिरहेको छैन। सम्झौता सकिन केहि समय मात्र बाँकी रहँदा पिएसजीले सम्झौता थप गर्न बल गरिरहेपनि एम्बाप्पेले मानिरहेका छैनन्। एम्बाप्पेको टुंगो नलाग्दा पिएसजी अन्य खेलाडीहरु माथि पनि नजर लगाइरहेको छ।

पछिल्लो एक खबरका अनुसार पिएसजी एम्बाप्पेको ठाउँ लिन सकने खेलाडीको खोजिमा छ। यस्तोमा म्यानचेस्टर युनाइटेडका एक खेलाडीको नाम अगाडी आएको छ। विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार पिएसजीमा एम्बाप्पेको स्थान युनाइटेडका एन्थोनी मार्सलले लिन सक्छन्।

सन् २०१५ मा मोनाकोबाट युनाइटेड पुगेका मार्सल त्यहाँ संघर्षरत छन्। युनाइटेडको पहिलो रोजाईमा कम मौका पाएपनि मार्सलमा पिएसजीले धेरै सम्भावना देखेको बताइन्छ। आरएमसी स्पोर्टका अनुसार मार्सल युनाइटेड छाड्न तयार छन्। मार्सलका एजेन्ट फिलिप लम्बोलीले आफैंले समेत उनले युनाइटेड छाड्न चाहेको बताइसकेका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा लम्बोलीलेले मार्सल युनाइटेड छाड्ने पक्षमा रहेको बताएका हुन्।

“एन्थोनी जनवरीमा क्लब (म्यानचेस्टर युनाइटेड) छोड्न चाहन्छन्। उनलाई खेल्नु छ। उनी जनवरीमा बस्न चाहँदैनन्, र म छिट्टै क्लबसँग कुरा गर्नेछु।”,स्काई स्पोर्ट्ससँग कुराकानी गर्नेक्रममा लम्बोलीलेले भने।

प्रकाशित : सोमबार, मङि्सर २७, २०७८१३:१७

बार्सिलोना १८ अंकले पछि, एट्लेटिको १३ अंकले ! कसले छुने रियललाई ?