एजेन्सी – गए राति सिजनको पहिलो म्याड्रिड डर्वीमा रियल म्याड्रिडले बाजी मार्यो। रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा रियलले २ गोल गर्दा एट्लेटिकोले एक पनि गोल गर्न सकेन। अन्ततः खेल २-० को अवस्थामा टुंगिन पुग्यो।
रियलले खेलको शुरुवात देखि नै बलमा राम्रो पकड बनाएको थियो। रियलको बलमा ६२ प्रतिशत पकड रह्यो। खेलभर रियलले ७ प्रहार गर्यो। जस मध्ये ३ प्रहार टार्गेटमा थिए। पलमा कम पकड भएपनि एट्लेटिकोले गोल गर्ने धेरै प्रयास गुमाएको थियो। एट्लेटिकोको तर्फबाट कुल ९ प्रहार भए जसमा ६ प्रहार टार्गेटमा थिए।
गत सिजनको च्याम्पियन एट्लेटिकोलाई हार चखाउने क्रममा रियलको तर्फबाट कप्तान करिम बेन्जेमा र मार्काे एसेन्सियोले गोल गरे। दुवै गोलका लागि भिनिसियस जुनियरले असिस्ट दिएका थिए।
एट्लेटिकोलाई पराजित गरेसँगै रियल लालिगाको शिर्षस्थानमा बलियो अग्रता बनाएको छ। रियलले १७ खेलबाट ४२ अंक बटुलेको छ। यस सिजन रियल मात्र १ खेलमा पराजित भएको छ। रियलले १३ खेलमा जित निकाल्दा ३ खेलमा बराबरी खेलेको छ। दोस्रो स्थानमा रहेको सेभिया भन्दा रियल ८ अंकले अगाडी छ। गत सिजनको च्याम्पियन एट्लेटिको भन्दा रियल १३ अंकले अगाडी छ। त्यस्तै बार्सिलोना भन्दा रियल १८ अंकले अगाडी छ।
रियलले ला लिगा जित्ने उच्च सम्भावना
सिजनका लगभग आधा खेलहरु सकिनै लाग्दा रियल लालिगाको च्याम्पियन बन्न सक्ने प्रसस्त आधारहरु देखिएका छन्। पछिल्ला सिजनहरुका प्रतिद्वन्दी एट्लेटिको र बार्सिलोना रियल भन्दै धेरै पछि छन्। बार्सिलोनाले रियललाई कुनै पनि चुनौती नदिने स्पष्ट छ।
रियलका प्रशिक्षक कार्लो एन्सेलोटीको भनाईलाई मान्ने हो भए रियल लालिगा जित्ने उच्च सम्भावना रहेको छ। हरेक खेललाई गम्भीर रुपमा लिएर राम्रो प्रदर्शन गर्न सकेको खण्डमा उपाधि रियलको हुने उनी बताउँछन्।
खेलपछि पत्रकारहरुसँग कुराकानी गर्दै एन्सेलोटीले भने,”मानसिक हारले तपाईंलाई महँगो महँगो पर्न सक्छ। तर मानसिक हारले तपाईंलाई महँगो महँगो पर्न सक्छ। प्रत्येक खेलमा जित उच्च मनोबल सहित खेल्न सकेमा उपाधि टाढा छैन।”