पुष ६ गतेसम्म यी ४ राशिलाई अत्यन्त शुभ, मिल्नेछ लाभ नै लाभ !

डिसेम्बर महिना वर्षको अन्तिम महिना हो र यसको पनि तेस्रो साता सुरु भइसकेको छ। यस्तोमा अबको एक हप्ता कुन राशिका मानिसको लागि कति शुभ रहला भनेर आज हामी चर्चा गर्दै छौं। ज्योतिष शास्त्रका अनुसार अबको मंगलबारसम्म चार राशिका मानिसका लागि धेरै भाग्यशाली रहनेछ । काममा राम्रो अवसर मिल्नेछ । व्यवसायीका लागि लाभ मिल्ने संकेत देखिन्छ । यात्राको योग पनि बनिरहेको छ, साथै परिवारजनको पूर्ण सहयोग प्राप्त हुनेछ र स्वास्थ्य ठीक रहनेछ। आउनुहोस् जानौं अबको सात दिन कुन चार राशिका मानिसका लागि राम्रो रहनेछ ।

मेष राशि 

मेष राशि हुनेहरुका लागि यो समय राम्रो रहनेछ । हरेक क्षेत्रमा सफलता र प्रगतिको नयाँ बाटो मिल्नेछ। सन्तानको पक्षबाट जागिरको शुभ समाचार आउन सक्छ। अदालतमा विचाराधीन मुद्दामा चलिरहेको सुनुवाइको निर्णय तपाईंको पक्षमा आउन सक्छ। आर्थिक लाभ हुनेछ र तपाईंले विगतमा कसैलाई उधारो दिएको पैसा प्राप्त गर्नुहुनेछ।

कर्कट राशि 

आर्थिक लाभ मिल्नेछ, जसको कारण मन प्रसन्न रहनेछ। काममा रहेका अधिकारीहरूले तपाईंको कामको कदर गर्नेछन्। यो समयमा कसैसँग भेटघाट हुनेछ जसको कारण भविष्यमा तपाईंका लागि धेरै सुनौलो अवसर प्राप्त गर्नेछ। कसैसँग प्रेम गर्नेहरूका लागि यो साता राम्रो रहनेछ। पार्टनरले तपाईंको मनको कुरा सुन्नेछन्। लगानीबाट धन आर्जन हुने सम्भावना छ ।

धनु राशि 

यो समय यस राशिका मानिसहरुका लागि लाभदायक साबित हुनेछ । कार्यस्थलमा नयाँ जिम्मेवारी मिल्नेछ । परिवारका सदस्यबाट शुभ समाचार प्राप्त हुन सक्छ। कामको सिलसिलामा यात्रा गर्नुपर्ने हुन सक्छ। जसको फाइदा तपाईंले पाउनुहुनेछ । प्रेम सम्बन्धमा विश्वास बढ्नेछ।

मीन राशि 

तपाईंको लागि यो समय राम्रो रहनेछ। यस अवधिमा पूरा हुन नसकेका काममा सफलता मिल्नेछ । लेनदेनमा लाभ लिन सकिनेछ । पैतृक सम्पत्तिको बिक्रीले तपाईंको खातामा पर्याप्त सम्पत्ति जम्मा गर्न सक्छ। समाजमा तपाईंको मान–सम्मान वृद्धि र नोकरीमा पदोन्नति हुने योग छ । स्वास्थ्यको हिसाबले यो समयमा तपाईंले कुनै प्रकारको समस्याको सामना गर्नु पर्दैन।

प्रकाशित : मङ्गलबार, मङि्सर २८, २०७८११:३९

ग्रहचक्रमा महान् ग्रह सूर्यको ठूलो उथलपुथल, कुन राशिलाई कति शुभ ?