हप्ताको पहिलो दिन नै घट्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – हप्ताको पहिलो दिन सुनको मूल्य घटेको छ। गत हप्ताको बिहिबार र शुक्रबार लगातार दुई दिन बढेर मङ्सिर महिना पछिकै महँगो भएको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ ​सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार ६ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ४ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९३ हजार १ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

गत हप्ता सुनको मूल्य

गत हप्ता सुनको मूल्य अलि बढी नै उकालो लाग्यो। हप्ताको शुरुवातमा सुनको मूल्यमा खासै धेरै वृद्धि नभएपनि हप्ताको अन्त्यमा लगातार भारी वृद्धि हुँदा सुन मङ्सिर ६ गते पछिकै महँगो भएको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु ५ ले घटेको छ। जससँगै चाँदीको मूल्य १ हजार २ सय ४५ रुपैंयाँ कायम भएको छ।

प्रकाशित : आइतबार, पुष ०४, २०७८१०:५८

हिजो घटेको सुनको मूल्य आज बढ्यो !