काठमाडौँ – हप्ताको दोस्रो दिन आज सुनको मूल्य बढेको छ। हप्ताको पहिलो दिन घटेको सुनको मूल्य सोमबार बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार ८ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य
सुनको मूल्य बढेपनि चाँदीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन। नेपाली बजारमा आज चाँदीको मूल्य १ हजार २ सय ४५ रुपैंयाँमा कारोबार भइरहेको छ।