लुइस स्वारेजले सेभिल्ला विरुद्धको शनिबारको खेलमा आफ्ना प्रबन्धकलाई अप-शब्द प्रयोग गर्दै नराम्रोसँग गाली गरेका छन्। शनिबार साँझ भएको खेलमा एथ्लेटिको मड्रिडले सेभिल्लासँग २–१ गोल अन्तरले हार्दा साबिक ला लिगा च्याम्पियन घरेलु प्रतिद्वन्द्वी रियल म्याड्रिड भन्दा अंक तालिकामा १४ अंकले पछि परेको छ।
३३औं मिनेटमा इभान राकिटिचको गोल फेलिपले रद्द गरेपछि ८८औं मिनेटमा लुकास ओकाम्पोसले गोल गर्दै सेभिल्लाका लागि तीन अंक पक्का गरेका थिए। तर ढिलो विजेताको सट्टा, लुइस सुआरेजको एक यस्तो हर्कत थियो जसले प्रशंसकहरूको ध्यान खिच्यो र खेल पछि सामाजिक सञ्जालमा मज्जाले भाइरल हुन थाल्यो।
El Cholo Simeone director del Atlético de Madrid sacó al min 12 del segundo tiempo al jugador Luis Suárez; las cámaras captaron su enojo y los insultos que dijo.
“pelotudo de mier..”
El Atlético perdió con El Sevilla 2 a 1 pic.twitter.com/4PVncAl3h5— Eddy Vasquez K (@EddyVasquezWao) December 19, 2021
खेल १-१ को बराबरीमा रहेको अवस्थामा डिएगो सिमियोनीले सुआरेजलाई हटाए र उनको स्थानमा म्याथियस कुन्हालाई मैदान प्रवेश गराए, जुन कुरा उरुग्वेली स्टारलाई कतै पचेन। अब, प्रतिस्थापन पछि शीर्ष खेलाडीहरू थोरै रिसाउनु पूर्ण रूपमा असामान्य हैन, तर सुआरेजको प्रतिक्रियाको सन्दर्भमा के देखा पर्यो त्यो एकदम दुर्लभ हुने गर्छ।
डायरेक्टो गोलले दाबी गरेका छन् कि सुआरेजले स्थिति सधैं उस्तै हुने भन्दै आफ्नो प्रशिक्षकलाई शनिबार साँझ प्रतिस्थापन भएपछि ‘मु*’ भनेका थिए। गत सिजन ला लिगाको वर्ष खेलाडी भए पनि सुआरेजले २०२१/२२ सिजनमा गोलका लागि निकै संघर्ष गरिरहेका छन्। यस सिजन पूर्व लिभरपुल स्टारले स्पेनिस क्लबका लागि सबै प्रतियोगितामा २३ खेल खेल्दै मात्र ८ गोल गर्न सफल भएका छन्।

