बार्सिलोना र रियल दुवैका लागि खुशीको खबर, हालाण्डको यस्तो निर्णय !

एजेन्सी – बोरुसिया डर्टमन्डका युवा स्टार एर्लिङ हालाण्ड अन्यत्र भन्दा पनि स्पेन जाने सम्भावना बढेको छ। हालाण्डले प्रिमियर लिग नजाने निर्णय गरेसँगै उनी स्पेन जाने सम्भावना बढेको हो।

जर्मनबाट प्रकाशित हुने विभिन्न संचार माध्यमहरुले हालाण्ड प्रिमियर लिग जान अनिच्छुक रहेको दावी गरिरहेका छन्। हालाण्ड बुन्डेसलिगा छाडेपछि लालिगा जाने पक्षमा रहेको जर्मन मिडियाहरु बताउँछन्।

हालाण्डका एजेन्ट यति बेला उनका लागि नयाँ क्लबको खोजिमा जुटिरहेका छन्। उनले हालाण्डलाई युरोपको उत्कृष्ट क्लबमा ल्याण्ड गर्ने योजना बनाएका छन्। तर हालाण्ड भने प्रिमियर लिग बाहिरका क्लबमा मात्र जान इच्छुक रहेको चर्चा शुरु भएको छ।

रियल र बार्सिलोना मध्ये एकमा जानेछन् हालाण्ड

चलिरहेको चर्चालाई मान्ने हो भने हालाण्ड प्रिमियर लिगमा भन्दा पनि लालिगामा जाने पक्षमा देखिन्छन्। यस्तोमा हालाण्डसँग मात्र दुई विकल्प हुनेछ। लालिगामा बार्सिलोना र रियल म्याड्रिड नै दुई हालाण्डका दुई विकल्प हुन्। अन्य कुनै पनि क्लबमा उनी जाने कम सम्भावना देखिन्छ।

दुवै क्लब हालाण्डलाई लिएर गम्भीर छन्। रियल र बार्सिलोना दुवैले हालाण्डलाई भित्र्याउने चाहना राखेका छन्। बार्सिलोनाले त हालाण्डको सम्बन्धमा उनका एजेन्ट मिनो राइओलासँग छलफल पनि गरिसकेको छ।

हालाण्डको यो लय

नयाँ सिजन शुरु हुँदा हालाण्डले आक्रामक फुटबल खेलेपनि चोटका कारण केहि खेल गुमाउन पुगेका थिए। तैपनि उनले यस सिजन १९ गोल गरिसकेका छन्। बुन्डेसलिगामा १३ गोल गर्दा उनले च्याम्पियन्स लिगमा ३ गोल गरिसकेका छन्। उनको नाममा ४ असिस्ट पनि छ।

प्रकाशित : बुधबार, पुष १४, २०७८१४:४७

रियललाई एम्बाप्पेले दिए हट्याट्याक: भन्छन्- “पीएसजी मै बस्छु, मेस्सीसँग खेल्न पाउँदा निकै खुसी छु”