रियललाई एम्बाप्पेले दिए हट्याट्याक: भन्छन्- “पीएसजी मै बस्छु, मेस्सीसँग खेल्न पाउँदा निकै खुसी छु”

किलियन एमबाप्पे भविष्यमा कुनै पनि समय रियल म्याड्रिडमा सामेल हुन सक्छन्, तर खेलाडीले यो जनवरी त्यो समय नभएको खुलासा गरेका छन्। पेरिस सेन्ट-जर्मेन (पीएसजी) मा उनको सम्झौता सिजनको अन्त्यमा समाप्त हुनेछ, जसअघि उनले फ्रेन्च क्लब नछाड्ने बताएका छन्।

“होइन, जनवरीमा,” उनले भने, जब सीएनएनसँगको अन्तर्वार्तामा जनावरीमा ट्रान्सफर हुने सम्भावनाको बारेमा सोधिएको थियो। “म पीएसजीसँग खुसी छु र म सिजन [पीएसजीसँग] शतप्रतिशत समाप्त गर्नेछु। म च्याम्पियन्स लिग, लिग र कप जित्नका लागि मसँग भएका सबै चीजहरू दिनेछु र प्रशंसकहरूलाई सबै खुशी दिनेछु, किनभने उनीहरु यसको योग्य छन्,” उनले भने।

२३ वर्षीय विश्वविजेताले फ्रेन्च क्लबमा आफू केहि ठूलो उपाधि जित्न योग्य भएको पनि दाबी गरेका छन्। उनले भने, “म यो सिजन सबै उपाधि जित्न चाहन्छु। पेरिस मेरो सहर हो, जहाँ म जन्मिएँ, म हुर्केको ठाउँ यही हो। पीएसजीबाट खेल्नु, तपाईंसँगै आफ्नो परिवार र साथीहरूसँग खेल्न पाउनु अचम्मको अनुभूति हो।”

मेस्सीसँग खेल्न पाउनु आफ्नो लागि निकै खुसी र भाग्यको कुरा भएको स्पष्ट पार्दै उनले आफ्ना साथी र आफ्ना बच्चाहरुलाई आफूले मेस्सीसँग खेलेको भनेर सुनाउन पाउने मौका पाएको पनि पूर्व मोनाको स्टारले बताएका छन्।

सिजन सुरु हुनुअघि आफू रियल म्याड्रिड जान इच्छुक रहेको क्लबलाई बताएका फ्रेन्च स्टारलाई आफ्नो उक्त हर्कतले क्लबबाट केहि कठिनाई खेप्नु परेको छ कि भन्ने प्रश्नमा उनले भने, “म इमानदार थिएँ र मैले भावना दिएँ, मैले मेरो मनमा जे छ त्यो भनें। तर पक्कै पनि म पीएसजी मै बस्न पाउँदा निकै खुसी छु।”

प्रकाशित : बुधबार, पुष १४, २०७८१६:०९

‘रोनाल्डो नहुँदा युनाइटेडले राम्रो खेल्छ, रोनाल्डो भए सबै बिग्रिन्छ’