विवाहको २ हप्ता सम्म पनि सम्बन्ध राख्न मानिनन्, वास्तविकता थाहा पाउँदा छाँगाबाट खसे श्रीमान !

एजेन्सी – युगान्डाका एक पुरुष त्यतिबेला छाँगाबाट खसेजस्तै भए, जति बेला भर्खरै विवाह गरेकी श्रीमती केटि नभई केटा निक्लीइन्।

अन्तराष्ट्रिय संचार माध्यमहरुमा आएका समाचार अनुसार मोहम्मद मुटुम्बा नाम गरेका युगान्डाका एक पुरुषको केहि हप्ता अगाडी मात्र विवाह भएको थियो।

विवाह भएको दिन देखि नै मुटुम्बाकी श्रीमती महिनावारीको बहानामा सम्बन्ध राख्न अस्विकार गर्दै आएकी थिइन्। दुई हप्ता सम्म पनि उनीहरु बीच शारीरिक सम्बन्ध हुन पाएन, जस कारण मुटुम्बा दुई हप्तासम्म गुमराहमा रहे।

यसरी भयो विवाह

मुटुम्बा केहि समय विवाह गर्ने सोचमा थिए। विवाहको लागि केटी खोज्दै गर्दै उनले हिजाब लगाएको एउटी सुन्दरी केटीसँग भेट भयो। उनले प्रेमप्रस्ताव राख्दा ती केटीले स्वीकार पनि गरिन्।

प्रेमसम्बन्धमा हुँदा उनीहरु बीच शारीरिक सम्बन्ध स्थापित भएन। युगान्डामा दुलहीको परिवारलाई दुलाहको परिवारले रकम तिर्नुपर्ने प्रचलन छ। जसअनुसार मुटुम्बाले पनि रकम तिरेर विवाहको टुंगो लगाए।

स्वाबुल्ला नाबुकीरा नाम गरेकी ती केटीसँग मुटुम्बाको धार्मिक तरिकाले ‘निकाह'(विवाह) भयो।

कसरी भयो पर्दाफास ?

स्वाबुल्ला केटी नभई केटा रहेको मुटुम्बाले नभई उनका छिमेकिले पत्ता लगाएका हुन्। घरको पर्खाल नाघेर स्वाबुल्लाले टेलिभिजन र कपडा चोरेपछि छिमेकिहरुले स्वाबुल्ला केटा भएको चाल पाए। चोरीको उजुरी परेपछि स्वाबुल्लालाई लिएर मुटुम्बा प्रहरी पुग्दा उनकी श्रीमती केटा भएको पत्ता लाग्यो।

पक्राउ परेका व्यक्ति

अनुसन्धानको क्रममा स्वाबुल्लाले हिजाबकै सहारामा मुटुम्बालाई गुमराहमा राखेको खुल्न आयो। बताइएअनुसार जाँचको क्रममा शारीरिक रुपमा पनि एक पुरुष निक्लीइन्। स्वाबुल्लाले केटी बन्नको लागि ‘ब्रा’मा कपडाको डल्लो राख्ने गरेको समेत पाइएको स्थानीय प्रहरीको भनाई छ। प्रहरीका अनुसार उनको नाम समेत फरक पाइएको छ । वास्तावमा उनको नाम रिचर्ड टुमुशाबे थियो ।

पक्राउ परेसँगै बयान दिने क्रममा रिचर्डले पैसाको लागि केटी बनेर विवाह गरेको स्वीकारेकी छन्। स्थानीय संचार माध्यमहरुका अनुसार घटना बारे विस्तृत अनुसन्धान र कारवाही प्रक्रिया अगाडी बढाइएको छ।

प्रकाशित : आइतबार, माघ ०५, २०७६०६:१३

दुई भाइको लडाईले जन्माएको दुई ब्राण्ड : अहिले विश्वभर गर्दैछन् राज !