चेल्सी विरुद्धको खेल अगाडी लिभरपुललाई झड्का !

एजेन्सी – सन् २०२१ को पहिलो खेलमा प्रिमियर लिग क्लबहरु चेल्सी र लिभरपुल आमने-सामने हुँदैछन्। उपाधि होडमा रहेका दुई क्लब बीच चेल्सीको घरेलु मैदानमा आइतबार बेलुका प्रतिष्पर्धा हुनेछ।

चेल्सी विरुद्धको खेल अगाडी लिभरपुललाई नराम्रो झड्का लागेको छ। पछिल्लो खबरका अनुसार लिभरपुलमा कोरोना भाइरस संक्रमण फैलिएको छ। केहि खेलाडीहरुमा कोरोनाको पुष्टि भएको केहि साता बित्न नपाउँदै क्लबका प्रशिक्षक योर्गेन क्लोपमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

विभिन्न संचार माध्यमहरुमा आएको खबर अनुसार क्लोपमा शुक्रबार देखि कोरोना भाइरस संक्रमणका मध्यम लक्षण देखिएका थिए। त्यसपछि प्ररिक्षण गराउँदा क्लोपमा शनिबार बिहान कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो। क्लोप अहिले आइसोलेसनमा छन्।

यससँगै उनले चेल्सी विरुद्धको खेल गुमाउने भएका छन्। उपाधि होडमा अत्यन्त महत्वपूर्ण रहने चेल्सी विरुद्धको खेलमा लिभरपुलको जिम्मेवारी सहायक प्रशिक्षक पेप लिजन्डर्सले सम्हाल्नेछन्।

चेल्सी र लिभरपुल बीचको खेल धेरै नै प्रतिष्पर्धात्मक हुनेछ। चेल्सी र लिभरपुल अहिले प्रमियर लिगको दोस्रो र तेस्रो स्थानमा छन्। चेल्सीले लिभरपुल भन्दा एक खेल बढी खेलेको छ। चेल्सीले २० खेलबाट ४२ अंक बनाउँदा लिभरपुलले १९ खेलबाट ४१ अंक बनाएको छ। दुवैले यस सिजन १२-१२ खेलमा जित निकालेका छन् भने २-२ खेलमा हार। त्यस्तै दुवै टोलीले ६-६ खेलमा बराबरी खेलेका छन्।

आइतबारको खेलमा जित्नेले दोस्रो स्थानमा पकड बनाउनेछ। लिभरपुलले हारेको खण्डमा चेल्सीले ४५ अंक बनाउनेछ भने चेल्सीले हारेको खण्डमा लिभरपुलको ४४ अंक हुनेछ।

प्रकाशित : शनिबार, पुष १७, २०७८२१:३३

रोकिएन सिटी, आर्सनललाई पछार्दै लगातार एघारौँ जित निकाल्यो !