यो पालीको माघे संक्रान्ति हुनेछ निकै खास, एकैदिन बन्नेछ यस्ता दुर्लभ तीन संयोग !

सूर्य मकर राशिमा प्रवेश गरेपछि मकर संक्रान्ति मनाइन्छ। हिन्दु धर्ममा मकर संक्रान्तिको महत्व रहेको छ। मकर संक्रान्तिलाई सामान्य भाषामा माघे संक्रान्ति पनि भनिन्छ, जसलाई हरेक वर्षको माघ १ गते मनाउने गरिन्छ। यस वर्षको मकर संक्रान्ति पर्व थप रूपमा विशेष हुने ज्योतिषीहरुले बताएका छन्। यस दिन हुने केहि विशेष संयोगले यस दिनलाई झनै खास बनाउने भएको छ।

मकर संक्रान्तिमा बन्दैछ विशेष संयोग 

यस वर्ष मकर संक्रान्ति रोहिणी नक्षत्रमा सुरु रहेर साँझ ८ः३३ बजेसम्म रहने ज्योतिषीहरुले बताएका छन्। रोहिणी नक्षत्रलाई निकै शुभ मानिन्छ। शास्त्रका अनुसार यस नक्षत्रमा दान र पूजाका कार्य गर्नु धेरै फलदायी हुन्छ। यसका साथै मकर संक्रान्तिमा ब्रह्मयोग र आनन्दादि योग पनि बन्ने भएको छ।

के हो त ब्रह्मयोग र आनन्दादि योग ? 

ज्योतिषीहरुका अनुसार ब्रह्मयोगलाई शान्तिपूर्ण कार्यको शुरुवात गर्न निकै शुभ मानिन्छ। साथै, आनन्दादी योगले सबै प्रकारका असुविधाहरू हटाउँछ। यस योगमा गरिने हरेक कार्य बाधा र चिन्ताबाट मुक्त रहन्छ। कुनै पनि शुभ कार्यको प्रारम्भ गर्नका लागि आनन्दादी योगलाई शुभ मानिन्छ।

मकर संक्रान्तिको महत्व 

हिन्दु धर्ममा मकर संक्रान्तिको विशेष महत्व रहेको छ। मकर संक्रान्तिको दिन शुद्ध तथा पवित्र नदीहरूमा नुहाउनाले मोक्ष प्राप्त हुन्छ। मकर संक्रान्तिको दिन तिल-सखर, चामल-मसूरको खिचडी आदि दान गर्नु पनि शुभ मानिन्छ। सूर्य मकर राशिमा प्रवेश गर्दा सूर्यदेवको पूजा गर्नु पनि धेरै फलदायी हुन्छ।

प्रकाशित : बुधबार, पुष २१, २०७८१५:०९

आउँदो १० दिन गर्नुहोस् यस्ता काम: लक्ष्मी माता हुनेछिन् प्रशन्न, हुनेछ धनको वर्षात !