सूर्यास्तपछि यी चीजको लेनदेन नगरेकै राम्रो !

काठमाडौँ । सफल जीवन जीउने चाहना सबैको हुन्छ । धार्मिक शास्त्रअनुसार आफ्नो जीवनलाई अगाडी बढाउने हो भने अवश्य सफल भइन्छ । हिन्दु धर्ममा सूर्यलाई भगवानको रुपमा लिइन्छ । ज्योतिष शास्त्रलाई हिन्दु धर्मको एक पाटो पनि मानिन्छ । शास्त्र अनुसार मानिसले गर्ने दैनिक कार्यको लागि छुट्टा छुट्टै मान्यता र छुट्टा छुट्टै नियमहरु रहेका छन् । त्यस्तै आज हामी सूर्यास्तपछि गर्न नहुने कार्यको बारेमा बताउँदै छौँ । जुन ज्योतिष शास्त्रले बताएको छ ।

१.धनको लेनदेन : सूर्यास्तसमयपछि ज्योतिष शास्त्रले धनको लेनदेन गर्न रोक लगाएको छ । सूर्यास्तपछि धनको लेनदेन गर्दा लक्ष्मी रिसाउने र साँझमा गरिएको लक्ष्मीको पूजा विपक्षीमा रहने मान्यता रहेको छ ।

२.झाडु : सूर्यास्तपछि झाडु लगाउन नहुने मान्यता रहेको छ । तर धार्मिक शास्त्रले यो कुरालाई मान्यता दिएको छैन् । सूर्यास्तपछि झाडु लगाउन हुन्छ तर झाडु अरुलाई दिनु हुँदैन् ।

३.दूध : सूर्यास्तपछि दूधको लेनदेन गर्दा मानसिक चिन्ता बढ्ने धार्मिक मान्यात रहेको छ ।

४.बेसार : धार्मिक शास्त्र अनुसार सूर्यास्तको समयपछि बेसारको लेनदेन गर्नु दर्भाग्य हुन भएकाले सूर्यास्तपछि यी कुरा लेनदेन गर्न नहुने मान्यता छ ।

प्रकाशित : आइतबार, माघ ०५, २०७६१२:२७

ऋणबाट मुक्त हुन अपनाउनुहोस् यी उपाय !