इजिप्ट अफ्रिका कप अप नेसन्सको क्वाटरफाइनलमा, अरु को-को पुगे ?

एजेन्सी – उपाधिको बलियो दावेदार आइभोरी कोस्टलाई ट्राइब्रेकरमा पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

इजिप्टले ट्राइब्रेकरमा ५–४ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । निर्धारित र थप गरिएको अतिरिक्त समयको खेल पनि गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । जसमा इजिप्टले बाजी मारेको हो ।

ट्राइब्रेकरमा इजिप्टका जिजो, अमर अल सुलाया, ओमार कमल, मोहम्मेद एब्डेलमोनिइम र मोमम्मद सलाहले गोल गरे । आइभोरी कोस्टका निकोलस पेपे, इब्राहिम संगारे, म्याक्सवेल कर्नेट र वेलफ्रेड जाहाले गोल गर्दा इरिक बेइलीले गोल गर्न सकेननन् ।

क्यामरुनमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर सिर्जना गरेपनि गोल गर्न असफल रहेको थियो । अब इजिप्टले क्वाटरफाइनलमा मोरोक्कोसँग ३० जनवरीमा खेल्नेछ ।

यस्तै अर्काे प्रि–क्वाटरफाइनलमा इक्वेटेरियल गिनियाले मालीलाई सडन डेथमा ६–५ ले पराजित गर्दै क्वाटरफाइनलमा सेनेगलसँगको भेट पक्का गरेको छ । निर्धारित र थप गरिएको अतिरिक्त समयको खेल पनि गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकमा पनि बराबरीपछि सडन डेथमा इक्वेटेरियल गिनियाले बाजी मारेको हो ।

इक्वेटेरियल गिनियाका रुवेन वेलिना, कार्लाेस एकापो, जान्निक वाइला साम, साउल कोको, इवान साल्भाडोर र सान्टियागो इनिमीले गोल गर्दा इमिलियो र पाब्लो गानेटले गोल गर्न सकेनन् । मालीका एडमा ट्राओरे, मोउसा डिजेनपो, इल विलाल ट्राउरे, एलिउ डिइङ र मोहम्मद कामराले गोल गर्दा मासाडियो आइडारा, हामरी ट्राओरे र फालाए साकोले गोल गर्न सकेनन् ।

यो सँगै अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा समिकरण पुरा भएको छ । अब क्वाटरफाइनलमा गाम्विया र क्यामरुन, बुर्किना फासो र ट्युनिसिया, इजिप्ट र मोरोक्को तथा सेनेगल र इक्वेटेरियल गिनियाबीच प्रतिस्पर्धा हुनेछ । क्वाटरफाइनलका खेलहरु २९ जनवरीदेखि शुरु हुनेछ ।

प्रकाशित : बिहिबार, माघ १३, २०७८०८:५८

मेस्सीलाई कोरोनाले अलि बढी नै गलाएको खुलासा !