एजेन्सी – इटालियन फुटबलर मारियो बालोटेलीले म्यानचेस्टर सिटी छाड्नु करियरकै सबै भन्दा ठूलो गल्ती भएको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा बालोटेलीले सिटी छाडेर आफूले धेरै ठूलो गल्ती गरेको बताएका हुन्।
एथलेटिकलाई अन्तर्वार्ता दिँदा बालोटेलीले आफ्नो फुटबल करियर बारे केहि चर्चा गरे। त्यसक्रममा उनले सिटी छाडेर आफूले गर्न नहुने गल्ती गरेको बताए। बालोटेलीलाई सिटी छाडेकोमा ठूलो पछुतो छ।
“मलाई लाग्छ सिटी छाड्नु मेरो सबै भन्दा ठूलो गल्ती थियो। मैले सिटी छाड्नै हुँदैनथ्यो। सिटी छाडेपछि पनि मिलानमा मैले डेढ वर्ष जति राम्रो खेल्न सकें। तर त्यसपछि म धेरै समस्याहरुमा परे। त्यसबेला सिटी छाड्न हुँदैन्थ्यो भन्ने मलाई अहिले लाग्छ।”,सिटीका सकर्मी नेदुम ओनुओहाका अगाडी बालोटेलीले स्वीकार गर्दै भने।
सिटीमा बसेको भए आफू सर्जियो अगुएरो जस्तै भइसकेको हुने पनि बालोटेलीले बताए। बालोटेलीका अनुसार सिटीमा बसेको भए उनले कम्तिमा एउटा बालोन डी’ओर जितिसकेका हुने थिए।
बालोटेलीले भने,”सिटी लगातार सुध्रिरहेको छ। म लामो समय सिटीमा रहन्थें भने सर्जियो अगुएरो जस्तै हुन सक्थें। सिटीमै बसेको भए मैले कम्तिमा एउटा बालोन डी’ओर जित्न सक्थ्ने भन्ने मलाई अहिले पनि लाग्छ।”
सो अन्तर्वार्ताका क्रममा उनले आफू लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोकै स्तरको खेलाडी रहेको दावी समेत गरे। लोटेलीले करियरमा केहि गल्ती नगरेको भए आफू मेस्सी र रोनाल्डोको स्तरमा पुग्न सकेको हुने बताए। मेस्सी र रोनाल्डोको स्तरमा रहन आफूले केहि गल्ती गरेको उनको भनाई छ।
“मैले त्यो स्तरमा हुने केही मौकाहरू गुमाएँ। तर म शतप्रतिशत पक्का छु कि मेरो स्तर पनि यी मानिसहरूकै स्तरको छ। तर मैले केही मौकाहरू गुमाएँ।”, बालोटेलीले भने।

