गाडीबाट फुत्त चुरोट फ्याक्ने चालकलाई ८ लाख जरिवाना, यात्रुलाई १ लाख ६० हजार !

एजेन्सी – गुडिरहेको गाडीबाट चुरोट फल्नेलाई अस्ट्रेलियाको एक प्रान्तमा ११ हजार अस्ट्रेलियन डलर जरिवाना हुने भएको छ। अस्ट्रेलियाको न्यू साउथ वेल्समा गुडिरहेको गाडीबाट चुरोट फाल्नेलाई ११ हजार अस्ट्रेलियन डलर अर्थात् ८ लाख रुपैयाँ जरिवाना हुने भएको हो।

अस्ट्रेलियाका संचार माध्यमहरुका अनुसार छिट्टैनै यो नियम लागू हुँदैछ। शुक्रबार देखि प्रचलनमा आउन लागेको यस नियम सवारी चालक र यात्रु दुवै माथि लागू हुनेछ।

यात्रुको हकमा भने यस नियम अन्तर्गत जरिवाना केहि हद सम्म कम तोकिएको छ। यस नियम अन्तर्गत सवारीबाट चुरोट फाल्ने यात्रुलाई १ हजार ३ सय २० अस्ट्रेलिनय डलर अर्थात् १ लाख ६० हजार नेपाली रुपैयाँ जरिवाना हुनेछ।

सन् २०१९ मा न्यू वेल्समा २ सयभन्दा बढी व्यक्ति आफ्नो गाडीबाट बल्दै गरेको चुरोट फ्याँकेको अवस्थामा पक्राउ परेको स्थानीय सरकारको तथ्यांक छ।

यसरी ननिभेको चुरोटका ठुटाले समेत आगलागी हुनेगरेको पाइएसँगै स्थानीय सरकारले यस्तो नियम लागू गर्न लागेको हो। अत्यन्त खराब भएको समयमा टोटल फायर ब्यान लागू गरिने र उक्त समयमा ननिभेको चुरोट फाल्नेलाई जरिवाना गराउने स्थानीय सरकारको तयारी छ।

यस्तै टोटल फायर ब्यान अर्थात् आगो प्रतिबन्धको समयमा जरिवानाको अलावा ड्राइभरलाई उसको लाइसेन्समा पनि १० डिमेरिट अंक पनि दिइनेछ। टोटल फायर ब्यान लागू नभएको समयमा भने लाइसेन्समा ५ डिमेरिट अंक दिने प्रावधान रहनेछ।

प्रकाशित : बुधबार, माघ ०८, २०७६०७:४१

मानिसहरु यो शिवको मूर्ती छुन किन डराउँछन् ? यस्तो छ वास्तविकता !