मानिसहरु यो शिवको मूर्ती छुन किन डराउँछन् ? यस्तो छ वास्तविकता !

काठमाडौँ । भारतको छत्तिसगढको जगदलपुर जिल्ला मुख्यालयबाट करिब छ किलोमीटर टाढा रहेको इन्द्रावतीको किनारमा एउटा शिव मन्दिर छ ।त्यो मन्दिरमा १० औँ शताव्दीको शिव मूर्ती छुन त्यहाँका स्थानिय डराउने गरेका छन् ।

किनभने, उनीहरुका राजाले ७८ बर्ष पहिला उनीहरुलाई उक्त मूर्ती नछुन भनेका थिए ।राजाको त्यो आदेश अहिले पनि मन्दिर परिसरमा टाँसिएको छ । बस्तरवासी आफ्ना राजाको आदर गर्ने गर्छन् ।

अहिले पनि उनीहरुले राजाको आदेश पालना गर्ने गरेका छन् । किनकी उनीहरुले आफ्नो कुल देवता आराध्या माताको पुजारी राजानै हुन् भन्ने मान्छन् ।

जबकी देशको स्वतन्त्रतासँगै ६९ बर्ष पहिले राजा शासनको व्यवस्था अन्त्य भइसकेको छ । तर लोहन्डीगुढा विकासखण्डकी गाउँ छिन्दगाँउमा आज पनि सन् १९४२  मा जारी राजाको आदेश पालना भइरहेको छ ।

इन्द्रावती किनारमा रहेको छिन्दगाँउको गोरेश्वर महादेवको मन्दिरमा पुरानो शिवलिंगका अलवा भगवान नरसिंह, नटराज र माता कन्कालिनको पनि पुराना मूर्ती छन् ।

मन्दिरको रेखदेख गर्दै आएका त्रिनाथ काश्यप र छिन्दगाँउका गजमन राम कश्यप व आगाधू जोशीका अनुसार बस्तरका राजा शिव उपासनाका लागि वर्षों देखि छिन्दगाँउका शिवालय आउथे र शिवालय परिसरमा रहेका मूर्ती सुरक्षीत गर्न आदेश गरेका थिए । एजेन्सी

प्रकाशित : बुधबार, माघ ०८, २०७६१२:५७

मन्दिर गएको सपना देख्नुभयो ? यस्तो हुन्छ सपनामा मन्दिर गएको देख्नुको खास अर्थ !