मन्दिर गएको सपना देख्नुभयो ? यस्तो हुन्छ सपनामा मन्दिर गएको देख्नुको खास अर्थ !

काठमाडौँ । सपना भनेको अवचेतन मनमा भएको कुरालाई हाम्रो अगाडी ल्याएर देखाउने माध्यम हो भनेर सपनाको वास्तविक अर्थ बुझ्न सकिन्छ । संस्कृतले सपनालाई आ आफ्नै तरिकाले व्याख्या गरेको छ । सपनालाई हेर्ने दृष्टिकोण पनि फरक रहेको हुन्छ ।

सपनालाई मानिसको मनोविज्ञान बुझ्ने माध्यमको रुपमा पनि लिएका हुन्छन् । कसैले सपनलाई अलौकिक शक्तिको रुपमा लिएका हुन्छन् । त्यस्तै कहिले काहि सपनामा मन्दिर गएको पनि देखिन्छ । मन्दिर गएको सपनालाई अलग अलग तरिकाले बयान गरिएको छ । सपनामा मन्दिरलाई कसरी प्रस्तुत गरिएको छ भन्ने कुरालाई लिएर पनि के भन्न खोजिएको हो भन्ने कुरा बुझ्न सकिन्छ ।

मन्दिर भनेको मनमा रहेको अनेकौँ पिडा बिसाउने चौतारी जस्तै हो । मन्दिरमा गएर आफ्नो मनको पिर व्यथा सुनाउँदा भगवानले त्यसलाई समाधान गर्ने उपाय दिन्छन् भन्ने विश्वास रहेको छ । सपनामा मन्दिर गएको देख्नु भनेको तपाईको मनले शान्त र पवित्र ठाउँ खोजिरहेको छ भन्ने बुझ्न जरुरी छ । कहिले काँही सपनामा मन्दिर गएको देख्नुुलाई भगवानले मानिससँग भएको अलौकिक शक्ति बुझ्न र अन्तरमनको कुरालाई लिएर अन्तरवार्ता गर्न खोजिएको हो की भन्ने पनि बुझ्न सकिन्छ ।

सपनामा मन्दिर गएको देख्नु भगवानले आर्शिवाद दिएको आफुले धन्यावाद दिन बाँकी रहेको छ भन्ने बुझ्न सकिन्छ । यदि तपाईले कुनै दिन भगवानलाई आश्वासन दिएर भाकल गर्नु भएको छ भने पनि सपनामा आशा लिएर आएको हुनसक्छन् त्यकासण यस्तो सपना देखेमा आफुले भाकल गरेको कुरा भगवानलाई दिएर ऋण चुक्ता गरिहाल्नहोस् । यदि तपाई कुनै समस्यामा भएको बेला कसैको साहारा खेजीरहनुभएको छ भने त्यो बेलामा सपनामा भगवान देख्नु स्वभाविक हो । यसबाट तपाईले आफुलाई कसैले सुरक्षा दिइरहेको छ भन्ने बुझ्न जरुरी हुन्छ ।

मनोवैज्ञानिक ढंगबाट हेर्नुभन्दा सुरक्षित छु भन्ने सोचेर काम गर्न थाल्नुभए राम्रो हुन्छ । यदि तपाई धार्मिक विश्वास गर्नुहुन्छ भने नजिकै रहेको मन्दिरमा गएर पुजा आरधना गर्दा अझ धेरै विश्वास बढ्न सक्छ । सपनामा देखेका कुरालाई व्याख्या विश्लेषण गर्नु खासै महत्वपूर्ण त हुँदैनु तर व्यक्तिगत विषयलाई लिएर धार्मिक विश्वास गर्नु उचित हुन्छ । यस्ता कुराको खोजीले कहिलेकाही लामो समयदेखि अल्झिएर रहेको प्रश्नको उत्तर भेटिन सक्ने भएकाले धार्मिक विश्वास गर्नु राम्रो हुन्छ ।

प्रकाशित : बुधबार, माघ ०८, २०७६१३:०७

यी हुन् सबैभन्दा अभागी पुरुष, कहिल्यै खुसी र सुखी बन्न सक्दैनन् !