एजेन्सी – बलिउड स्टारहरू व्यावसायिक जीवन भन्दा बढी व्यक्तिगत जीवनको कारण चर्चा र विवादमा रहने गर्छन्। अफेयर र प्रेम सम्बन्धको कारण पनि बी-टाउनमा कलाकारहरु चर्चामा रहने गरेका छन्।
बलिउडमा कसको कोसँग सम्बन्ध हुन्छ भन्ने ठेगान पनि हुँदैन। बलिउड कलाकारका अजिव प्रेमका किस्सा पनि सुन्नमा आउने गरेको छ। जस मध्ये चर्चित बलिउड कलाकारका रोचक प्रेम प्रसंग निम्न छन्।
आमिर खान
पर्दामा धेरै अभिनेत्रीहरुसँग रोमान्स गरिसकेका आमिर खान प्रेम सम्बन्धलाई लिएर खासै चर्चामा रहेनन्। उनको धेरै बलिउड नायिकाहरुसँग नाम जोडिएन। तर, उनले दुई विवाह भने गरे। किरणसँगको सम्बन्ध राम्रो नभएपछि आमिरले रीना दत्तासँग विवाह गरेका थिए। मिडियाहरुमा आएका समाचार अनुसार रीना बचपनकी प्रेमी थिइन्। आमिरले रीनालाई रगतले पत्र लेखेको बताइन्छ।
तबु
धेरै समय देखि अभिनयमा सक्रिय रहेकी तबु अझ पनि अविवाहित छिन्। उनको यदाकदा नायकहरुसँग मात्र नाम जोडियो। जस मध्ये अजय देवगन एक हुन्। अजयसँग विवाह हुन नसकेकै कारण तबु आज सम्म विवाह नगरेको बताइन्छ।
सलमान खान
बलिउडमा कुनै एक समयमा सलमान र ऐश्वर्या गम्भीर सम्बन्धमा थिए। यी दुईले विवाह समेत गर्ने अनुमान गरिएको थियो। तर, ऐश्वर्याका परिवार भने यी दुई बीचको सम्बन्धलाई रुचाएनन्। यहि कारणले गर्दा ऐश्वर्याले घरनै छाडेकी थिइन्। एकसमयमा सलमान र ऐश्वर्याले बस्नको लागि छुट्टै घर समेत लिएको बताइन्छ।
धर्मेन्द्र
विवाहित भएर पनि धर्मेन्द्रको हेमा मालिनीसँग चक्कर चलेको थियो। पत्नी प्रकाश कौरसँग सम्बन्ध विच्छेद गर्ने समेत धर्मेन्द्रको तयारी थियो। तर, उनले नमानेपछि धर्मेन्द्रले धर्मनै परिवर्तन गरेर हेमासँग विवाह गरे।