के तपाईलाई बारम्बार ऐठान हुन्छ ? त्यसो भए सिरानीमुनी राख्नुहोस् यी चीज !

काठमाडौँ । राती सुत्दा ऐठान गर्ने नराम्रो सपना देख्ने जस्ता समस्याहरु प्राय भइरहन्छ । राती निन्द्रामा नराम्रो सपना देख्ने ऐठान गर्ने हुँदा राम्रो निन्द्रा पर्दैन् । जसले गर्दा मानिसमा अनेकौ समस्याहरु आउने गर्छ । त्यसैले शास्त्रमा उल्लेख भए अनुसार यी उपायहरु अपनाएमा यस्ता समस्याबाट छुटकारा मिल्छ ।

१.सुकमेल : राती सुतेको बेलामा डरलाग्दो समस्याले सताइरहेको छ भने ५ वटा वा ६ वटा सुकमेललाई कपडामा बेरेर सिरानीमा राख्ने गर्दा ऐठान गर्ने डरलाग्दो सपना देख्ने समस्या हटेर जान्छ ।

२.पानीले भरेको तामाको भाडा : यदि सुतेको बेलामा डरलाग्दो सपना देखेर मनमा डर भइरहन्छ भने पानीले भरिएको अम्खरा ओछ्यानमा राख्ने र बिहान त्यो पानीलाई विरुवामा हालिदिने गर्दा यस्तो समस्याबाट मुक्ति पाइन्छ ।

३.चक्कु : सुतेको बेलामा डरालाग्दो सपना आउने ऐठान गर्ने समस्या भएको सिरानीमुनी चक्कु राखेर सुत्ने । यदि चक्कु छैन भने काट्ने वस्तु नङ कटर, कैची जस्ता वस्तु राख्दा पनि हुन्छ ।

५.पहेलो चामल : ऐठान गर्ने डरलाग्दा सपना देख्ने जस्ता समस्या भएको समयमा पहेँलो चामलको दाना सिरानीमुनी राखेर सुत्दा यस्तो समस्या आउँदैन् ।

६.ओछ्यान सफा गर्नुहोस : आफु सुत्नु अगाडी ओछ्यानलाई राम्रोसँग सफा गरेर मात्रै सुत्ने । यदि ओछ्यानमा फोहोर रहेको खण्डमा पनि यस्तो समस्या आउन सक्छ ।

७.कपाल बाँधेर सुत्नुहोस : राती सुत्ने बेलामा कपाल छोडेर सुत्ने बानीले पनि यस्तो सपना आउँछ । त्यसरकाण कपाल बानेरसुत्नु पर्छ ।

८.जुत्ता / चप्पल : सुत्ने ओछ्यान वा खाटमुनी जुत्ता चप्पलको प्रयोग गर्नुहुँदैन् । यसो गर्दा नराम्रो सपना आउने गर्छ ।

९.ओढ्ने : आफुले ओछ्याउने ओढ्ने कपडा हिंस्रक जनावरको तस्वीरहरु प्रिन्ट गरिएको हुनु हुँदैन् । हिंस्रक तस्वीर पिन्ट भएका कपडाहरु प्रयोग गर्दा पनि ऐठान गर्ने डरलाग्दो सपनाहरु देख्ने समस्या आउँछ ।

प्रकाशित : बुधबार, माघ ०८, २०७६१३:०९

यो हो संसारकै सबैभन्दा विषाक्त बिरुवा, यसलाई छुँदा मात्र पनि जान सक्छ ज्यान