बार्सिलोनाको वास्तविक परीक्षा अप्रिलमा हुने, तीन सातामा खेल्नुपर्नेछ सात खेल ! [सूची सहित]

एजेन्सी – क्याटलान क्लब बार्सिलोना गएको केहि महिना देखि उच्च प्रदर्शन गरिरहेको छ। बार्सिलोना घरेलु लिगमा झन्डै चार महिना देखि पराजित भएको छैन। गत डिसेम्बर महिना पश्चात च्याम्पियन्स लिग, कोपा डेल रे र स्पेनिस सुपरकपका प्रतियोगिताहरुमा पराजित भएपनि बार्सिलोनाले लालिगा र युरोपा लिगमा भने लगातार जित निकालेको छ।

बार्सिलोना लालिगामा पछिल्लो पटक डिसेम्बर ४ मा पराजित भएको थियो। रियल बेटिस विरुद्धको खेलमा पराजित भएयता बार्सिलोनाले लालिगामा १२ खेलमा हारेको छैन। जनवरी ट्रान्सफर विन्डो पश्चात बार्सिलोना झनै उच्च लयमा देखिन्छ। बार्सिलोनाले यस बीचमा एट्लेटिको म्याड्रिड र रियल म्याड्रिड जस्ता टोलीलाई समेत पराजित गरिसकेको छ।

सन् २०२२ मा तीन महिना बार्सिलोनाका लागि धेरै राम्रो बितेको भएपनि चौंथो महिनामा भने बार्सिलोनाले केहि कठिन चुनौतीको सामना गर्नुपर्नेछ। अप्रिल महिनामा बार्सिलोनाको वास्तविक परीक्षा हुनेछ। अप्रिलभर बार्सिलोनाले आधा दर्जन बढी खेल खेल्नुपर्नेछ। अप्रिल ४ देखि २५ सम्म बार्सिलोनाले कुल सात खेल खेल्नेछ।

अप्रिलमा बार्सिलोना युरोपा लिगको सेमिफाइनलमा प्रवेश गर्ने दाउमा हुनेछ। दुई लेगमा हुने युरोपा लिगका क्वाटरफाइनलमा बार्सिलोनाले फ्रान्कफर्टको सामना गर्नेछ।

त्यस्तै बार्सिलोनाले अप्रिलमा सेभिया, लेभान्टे, क्याडिज, रियल सोसिडाड र रोयो भाल्लेकानोको पनि सामना गर्नेछ। लालिगा अन्तर्गतका खेलमा यी पाँच टोलीसँग बार्सिलोना आमने-सामने हुनेछ। अप्रिल महिना भर हुने यिनै सात खेलले बार्सिलोनाको सिजन कति सफल-असफल हुने तय गर्नेछ।

प्रकाशित : बुधबार, चैत १६, २०७८१२:१७

अन्तत: मेस्सीलाई पनि बेच्न तयार भयो पीएसजी, आएको झरलमा पठाइदिने !