सलाहलाई विश्वकपमा जान नदिन यस्तो सम्म गरे सेनेगलका समर्थकले [भिडियो सहित]

सेनेगलले आफ्नो विश्वकप प्लेअफ फाइनलमा इजिप्टलाई पराजित गर्दै २०२२ को अन्तिममा कतारमा हुने विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ भने मोहम्मद सलाहको इजिप्ट यस वर्षको विश्वकपमा नहुने भएको छ। समग्रमा १-१ को नतिजा आएपछि पेनाल्टी सुट-आउटमा पुगेको खेलमा इजिप्टका खेलाडीहरूले पेनाल्टी प्रहार गर्दा उनीहरूको अनुहारमा लेजर-लाइटहरु देखाइएको थिए।

फेब्रुअरीमा अफ्रिका कप अफ नेसन्सको फाइनल दोहोर्याइएको खेलमा दुई टोली मध्ये विजेता निकाल्न पेनाल्टी सुट-आउटको मद्दत लिनु परेको थियो। इजिप्टले पहिलो लेग १-० ले जितेको थियो तर सेनेगलले मंगलबार रातिको खेलको तीन मिनेटभित्र हाम्दी फाथीको आत्मघाती गोलबाट अग्रता लिएको थियो। जसपछि कुनै गोल हुन नसक्दा खेल पेनाल्टीमा पुगेको थियो।

दुबै पक्षले आ-आफ्ना पहिलो दुई पेनाल्टी गुमाए, जसमा सेनेगलका कालिडो कोउलिबालीले पहिलो र इजिप्टका मोहम्मद सलाहले इजिप्टका लागि पहिलो पेनाल्टी मिस गरेका थिए। सलिउ सिसले पनि गोल गर्न नसक्दा अहमद सैयदले पनि इस्माइला सारले पहिलो गोल गर्नुअघि इजिप्टका लागि दोस्रो पेनाल्टी मिस गरेका थिए। त्यसपछि, निकै प्रेसर समयमा अमर एल सोलियाले गोल गर्दै १-१ को स्थितिमा ल्याएका थिए।

जसपछि सेनेगलका लागि चौंथो पेनाल्टी लिएका बम्बा डिएङले कुनै गल्ती गरेनन्। तर इजिप्टका लागि निकै महत्वपूर्ण रहेको चौंथो पेनाल्टीमा गोल गर्न मुस्तफा मोहम्मद चुके। जसपछि लिभरपुल स्टार साडियो मानेले गोल गर्दै सेनेगललाई विश्वकपमा पुर्याए भने सलाह र इजिप्टलाई घर फर्काए।

यसैबीच अहिले सामाजिक सञ्जालमा सेनेगलका समर्थकले गरेको हर्कतको चौतर्फी विरोध भइरहेको छ। एकजनाले टिप्पणी गरे: “त्यो नतिजालाई कसरी अनुमति दिन सकिन्छ?”

अर्कोले भने: “मोहम्मद सलाहको अनुहारमा सेनेगाली फ्यानहरूबाट देखाइएको लेजरहरू अपमानजनक थिए।”

तेस्रो भन्छन्: “त्यो सालाहको पेनाल्टी। विश्वकप लाइनमा रहेको खेलमा लेजर शोको लागि आए। अत्यन्तै अनुचित।”

प्रकाशित : बुधबार, चैत १६, २०७८१७:५२

लापोर्टा भएसम्म कुनै पनि हालतमा मेस्सी बार्सिलोना नआउने !