शिर्ष चारको दौडमा रहेको आर्सनललाई कडा झड्का !

एजेन्सी – प्रिमियर लिगको शिर्ष चार दौडमा रहेको आर्सनललाई झड्का लागेको छ। जारी सिजनमा आर्सनलका लागि महत्वपूर्ण सावित भइरहेका एक खेलाडीले बाँकी सिजन गुमाउने भएसँगै आर्सनललाई झड्का लागेको हो।

विभिन्न खेल मिडियाहरुका अनुसार आर्सनलका लेफ्ट व्याक किरन टियर्नीले सिजनमा बाँकी सबै खेल गुमाउने भएका छन्। घुँडामा देखिएको समस्याका कारण किरन टियर्नीले सिजनका बाँकी खेल गुमाउने सम्भावना बढेको बेलायती मिडियाहरु बताउँछन्।

प्रिमियर लिगमा क्रिस्टल प्यालेसको सामना गर्नु अगाडी उनी घाइते भएका थिए। उनलाई क्रिस्टल प्यालेस विरुद्धको खेलमा टोली बाहिर राखिएको थियो। उनी नभएको खेलमा आर्सनल ३-० ले पराजित भएको थियो।

टियर्नी आफ्नो करियरमा कयौं पटक घाइते भइसकेका छन्। पटक-पटक चोट बोक्दै आएका उनको चोट गम्भीर रहेको बताइन्छ। घुँडामा देखिएको समस्याका कारण उनको शल्यक्रिया गर्न पर्ने भएको छ।

शल्यक्रिया पछि उनी कयौं महिना मैदान बाहिर हुनेछन्। उनका लागि यस सिजन लगभग सकिसकेको छ। गत सिजनमा पनि उनले घाइते भएका कारण दुई महिना गुमाएका थिए। त्यसबेला पनि उनको घुँडामा समस्या देखिएको थियो। उनी नहुँदा आर्सनलको प्रदर्शनमा उल्लेख्य गिरावट आएको थियो।

यस सिजन पनि उनी उपलब्ध नहुनु आर्सनलका लागि राम्रो संकेत नहुन सक्छ। आर्सनल अहिले प्रिमियर लिगको पाँचौ स्थानमा रहेको छ। एक खेल बढी खेलेको टोटेनह्याम र आर्सनलको समान ५४ अंक छ।

प्रकाशित : बुधबार, चैत २३, २०७८१८:२९

जिदानका कारण एकाएक एम्बाप्पेको यु-टर्न, रियललाई नसोचेको झड्का !