सन्तान सम्बन्धि कष्ट दूर गर्न बन्यो यस्तो खास संयोग, गर्नुहोस् यस्तो विशेष उपाय !

स्कन्द षष्ठी व्रत चैत्र शुक्ल पक्षको षष्ठी तिथीमा राखिन्छ। मान्यता अनुसार यस दिन भगवान कार्तिकेयको पूजा गरिन्छ। स्कन्द भगवान कार्तिकेयको अर्को नाम पनि हो, त्यसैले यस व्रतको नाम स्कन्द षष्ठी राखिएको हो। यसका साथै यो व्रतलाई सन्तना षष्ठी पनि भनिन्छ। यस वर्ष स्कन्द षष्ठी व्रत अप्रिल ७ अथात् पर्सी मनाइँदैछ। स्कन्द षष्ठीको व्रत परिवारमा सुख शान्ति र सन्तान प्राप्तिका लागि पनि विशेष मानिन्छ। सन्तना षष्ठी व्रतको बारेमा जानौं।

स्कन्द षष्ठी व्रत शुभ समय

पञ्चाङका अनुसार चैत्र शुक्ल षष्ठीतिथी अप्रिल ६ तारिख बेलुकी ७ बजे सुरु हुँदैछ। अर्कोतर्फ षष्ठीतिथी ७ तारिख राति ८ बजेर ४७ बाट समापन हुनेछ। उदयतिथि भएकाले स्कन्द षष्ठीको व्रत अप्रिल ७ मा राखिनेछ।

स्कन्द षष्ठी व्रत विधि 

यस दिन बिहान सबेरै उठेर नुहाउनुपर्छ। यसपछि भगवान कार्तिकेयको ध्यान गर्दै संकल्प गर्नुहोस्। त्यसपछि पूजास्थलमा देवी पार्वती र भगवान शिवको विधिवत पूजा गर्नुहोस्। यसपछि भगवान कार्तिकेयको पूजा गर्नुहोस्। पूजा गर्दा सबैभन्दा पहिले जल चढाउने गरिन्छ। त्यसपछि फूल, माला, फल आदि अर्पण गर्नुहोस्। त्यसपछि आफ्नो आस्था अनुसार भोग अर्पण गर्नुहोस्। अन्त्यमा धूप, दीप बालेर मन्त्र जप गर्नुहोस्।

मन्त्र 

देव सेनापते स्कन्द कार्तिकेय भवोद्भव
कुमार गुह आकाशगंगा शक्तिहस्त नमोस्तुते

विशेष उपाय 

यदि सन्तानसँग सम्बन्धित कुनै समस्या छ वा करियरमा अपेक्षित सफलता प्राप्त भइरहेको छैन भने कार्तिकेयको पूजामा मयूरको प्वाँख चढाउनुहोस्। यसो गर्नाले सन्तान र करियर सम्बन्धि समस्या समाधान हुने विश्वास रहेको छ। स्कन्द षष्ठी परिवारमा सुख शान्तिका लागि पनि विशेष मानिन्छ। यस दिन शिव मन्दिरमा भगवान शिव र माता पार्वतीलाई नरिवल चढाउँदा परिवारमा सुख शान्ति कायम हुने पनि विश्वास रहेको छ।

प्रकाशित : बुधबार, चैत २३, २०७८१५:१०

यस्ता मानिस माथि हुन्छ सबैभन्दा शुभ ग्रहको विशेष कृपा, मिल्नेछ खुब धन लाभ !