रियलको सामना गर्नु अगाडी चेल्सीलाई झड्का !

एजेन्सी – इङ्ग्लिस क्लब चेल्सीका बबेल्जियन फरवार्ड रोमेलु लुकाकुले च्याम्पियन्स लिगअन्तर्गत स्पेनिस क्लब रियल म्याड्रिडविरुद्धको खेल गुमाउने भएका छन् ।

चोटका कारण लुकाकुले आज (मंगलबार) राति हुने रियलसँगको खेल गुमाउने भएका हुन् । लुकाकु टोलीमा नहुने भएपछि चेल्सीलाई समस्या थपिएको छ ।

अब चेल्सीले लुकाकुको विकल्पमा अग्रपङ्तिमा काई हाभर्टज, क्रिस्टियन पुलिसिस, मासन माउन्टलाई पहिलो रोजाईमै खेलाउने सम्भावना रहेको छ ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलको दोस्रो लेगअन्तर्गत चेल्सीले रियलसँग उसकै मैदान सान्टियागो बर्नबेउमा खेल्दैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे शुरु हुनेछ । गत साता स्टामफोर्ड ब्रिजमा भएको पहिलो लेगको खेलमा चेल्सी घरेलु मैदानमा रियलसँग ३–१ ले पराजित भएको थियो । सोही खेलमा बेल्जियन स्टार लुकाकु घाइते भएका थिए ।

साविक विजेता चेल्सीलाई सेमिफाइनलमा प्रवेश गर्न कम्तीमा पनि ३–० को जितको खाँचो छ । रियललाई भने बराबरीको नतिजा पर्याप्त हुनेछ ।

प्रकाशित : मङ्गलबार, चैत २९, २०७८०७:४५

“रोनाल्डो आफूलाई भगवान सोच्छन्, उनलाई जे पनि गर्न सक्छु भन्ने लाग्छ”