“रोनाल्डो आफूलाई भगवान सोच्छन्, उनलाई जे पनि गर्न सक्छु भन्ने लाग्छ”

एजेन्सी – लिभरपुलका पूर्व लेफ्ट ब्याक जोसे एनरिकले क्रिस्टियानो रोनाल्डोको चर्को आलोचना गरेका छन्। प्रिमियर लिग अन्तर्गत एभर्टन विरुद्धको खेलमा एक प्रशंसकको फोट फुटाइदिएको विषयमा टिप्पणी गर्दै एनरिकले रोनाल्डोको आलोचना गरेका हुन्।

एक मिडियासँग कुराकानी गर्नेक्रममा एनरिकले रोनाल्डो आफूलाई भगवान सोच्ने गरेको आरोप लगाए। रोनाल्डो आफूलाई भगवान सोच्ने र मनमा लागेको जे पनि गर्ने एनरिकको आरोप छ। रोनाल्डोको सो बानि आफूलाई मन नपर्ने एनरिकले बताए।

“रोनाल्डो मलाई मन पर्दैन। यो मैले सधैं भन्दै आइरहेको छु। उनी आफूलाई भगवान ठान्छन्। जे पनि गर्न सक्छु ठान्छन् र जे पनि गर्छन्।”,एनरिकले एक मिडियासँग कुराकानी गर्नेक्रममा भने।

फुटबल इतिहाँसकै उत्कृष्ट खेलाडीहरू मध्ये एक भएपनि व्यक्तिगत रुपमा आफूलाई रोनाल्डो मन नपर्ने एनरिकले बताए। उनले भने,”रोनाल्डो फुटबल इतिहाँसकै उत्कृष्ट खेलाडीहरू मध्ये एक रहेकोमा कुनै शंका छैन। तर व्यक्तिगत रुपमा उनी मलाई फिटिक्कै मन पर्दैनन्।”

रोनाल्डोले केहि दिन अगाडी युनाइटेड एभर्टनसँग पराजित भएपछि एभर्टनका समर्थकको मोवाईल फोन भुईमा फालेका थिए। खेल हारेको झोंकमा उनले एभर्टन समर्थक माथि गरेको व्यवहारको भिडियो नै सामाजिक संजालमा भाइरल भएको छ।

सामाजिक संजालमा भाइरल भएको फुटेजमा रोनाल्डोले गुडिसन पार्कको तलबाट हिड्दा एक प्रशंसकको फोन फ्याक्नुअघि आफ्नो दाहिने हात जमिनतर्फ झरेको देखिन्छ। सो विषयलाई लिएर चर्को आलोचना भएपनि रोनाल्डोले माफी भने मागिसकेका छन्।

प्रकाशित : मङ्गलबार, चैत २९, २०७८०८:०९

खेल्नु अगाडी नै चेल्सी प्रशिक्षकले स्विकारे हार !