एजेन्सी – साविक युरोपियन च्याम्पियन चेल्सीका प्रशिक्षक थोमस टुचेलले रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने ठूलो दाबेदार रहेको दोहोर्याएका छन्। च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडको सामना गर्नु अगाडी पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा टुचेलले आफूहरु भन्दा रियल सेमिफाइनल पुग्ने सम्भावना रहेको बताएका हुन्।
पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिनेक्रममा टुचेलले रियल म्याड्रिड विरुद्ध पुनरागमन गर्न चेल्सीलाई धेरै कठीन हुने बताए। त्यसक्रममा उनले चेल्सी सेमिफाइनल पुग्ने झोनो विश्वास सहित मैदानमा उत्रने बताउन भने छाडेनन्।
पहिलो लेगमा भन्दा सुधारिएको प्रदर्शन गर्ने आफूहरुको प्रयास हुने पनि टुचेलले स्पष्ट पारे। दोस्रो लेगमा पूरा बल लगाएर खेल्ने टुचेलको भनाई छ। टुचेलले पहिलो लेग भन्दा राम्रो नतिजा निकाल्न सक्दो प्रयास गर्ने बताए।
“हामी सेमिफाइनल पुग्ने कम सम्भावना छ। तर यसो भन्दैमा हामी हाम्रो प्रयास र विश्वासलाई कहिल्यै विस्थापित हुन भने दिने छैनौँ। हामी सबै बल लगाएर खेल्ने छौँ। हामी पहिलो खेल भन्दा राम्रो आकार र राम्रो अवस्थामा हुने प्रयास गर्नेछौं।”,टुचेलले भने।
रियल जस्तो बलियो टोली विरुद्ध उत्रन लागेको भएपनि आफूहरु सपना देख्न नछाड्ने टुचेलले बताए। रियललाई हराएर सेमिफाइनलमा पुग्ने सपना पूरा होस् भन्ने उनको कामना छ।
उनले भने,”पहिलो लेगको परिस्थिति र हामी कहाँ खेल्छौं र कसको विरुद्धमा खेल्छौं भन्ने कुरालाई ध्यानमा राख्दा चुनौती अविश्वसनीय रूपमा उच्च छ। तर सपना देख्न त पक्कै पाइन्छ। कहिलेकाहीँ कल्पना गर्नु र यसको बारेमा सपना देख्नु महत्त्वपूर्ण हुन्छ।”