युरोपाबाट बाहिरिएपछि जाभी भन्छन्-“हामी आफ्नै घरमा लुटिएका छौं”

बार्सिलोना प्रशिक्षक जाभी हर्नान्डेजले ईन्ट्राक्ट फ्रान्कफर्ट विरुद्धको खेल अगाडी क्याम्प नोउमा बस आइपुग्नु अघि नै आफूलाई अप्ठ्यारो महसुस भएको खुलासा गरेका छन्।

हजारौं जर्मन फ्यानहरूले क्याटालोनियामा बिहीबारको खेलका लागि टिकट लिएर मैदानमा प्रवेश गरेका थिए र स्ट्यान्डको ठूलो भागहरू ओगटेका थिए, जसले जर्मन टोली घरेलु मैदानमा खेलेको जस्तो महसुस गराएको हुनसक्छ। जाभीले पत्रकार सम्मेलनमा भने, “जब म होटेलबाट निस्किएँ, मैले केही गडबड भएको देखेँ। तिनीहरूले हामीमाथि सबै फ्याँके। घरमा लुटिएको महसुस भयो। घरमा खेलेको जस्तो लागेन। सबै कुरा नराम्रोसँगले सुरु भयो। त्यसपछि पेनाल्टी आयो। उक्त रात सुरु र अन्त्य नराम्रोसँग भयो।”

“यो एउटा कठिन झटका हो, उनीहरूले हामीलाई युरोपा लिगबाट हटाएका छन्। हामीले यो प्रतियोगिता जितेर सिधै च्याम्पियन्स लिग [समूह चरण] मा पुग्ने आशा गरेका थियौं तर हामी सफल हुन सकेनौं। यो एउटा झटका हो,” उनले थपे।

बार्सिलोनाले उपाधि जितेर आकर्षक फुटबल खेल्न सक्छ कि सक्दैन भन्ने कुराको चर्चा भइरहेको छ, तर जाभी टोलीको शैली परिवर्तन नहुने कुरामा अडिग छन्। “यहि शैलीले हामीले ५ च्याम्पियन्स लिग जितेका छौं। जोहान क्रुएफले परिचित गराए। यसले फलदायी नतिजा दिएको छ। हामीले यसमा सुधार गर्नुपर्छ, छाड्नु हुँदैन। हामीले यसमा विश्वास गर्नुपर्छ, सही गर्नुपर्छ र सुधार गर्नुपर्छ। हामी एक खेल र एक उपाधि हार्दैमा हाम्रो डीएनए परिवर्तन गर्दैनौं,” जाभीले भने।

प्रकाशित : सोमबार, बैशाख ०५, २०७९१२:०८

प्रिमियर लिगको गोल्डेन बुट दौडमा रोनाल्डोको इन्ट्री, तनावमा सलाह !