काँक्रोको सेवन गरि यसरी घटाउन सकिन्छ शरीरको अनावश्यक मोटोपन , हेर्नुहोस !

आजभोलि मोटोपन कम गर्ने अनेक बहानामा मानिसहरु विभिन्न ब्यायाम गर्ने , डाईट गर्ने तथा अन्य विभिन्न खर्च गरेर यसबाट छुटकारा पाउने हर प्रयासमा रहेका हुन्छन। तर यस्ता उपायले पनि कुनै उत्कृष्ट नतिजा नदिनाले मानिसहरु चिन्तित हुने गरेका छन।अनावश्यक मोटोपन भएकाहरुका लागी तौल नियन्त्रण गर्नु आवश्यक हुन्छ किनकि बढ्दो मोटोपन संगै शरीरमा बिभिन्न प्रकारका रोग लाग्न सक्छ। मोटोपनले मधुमेह , मुटुसम्बन्धि रोग , उच्च रक्तचाप आदि हुने खतरा हुन्छ त्यसैले बदलिदो मौसम संगै खानपानमा बिशेष सजक रहने सकेको अवस्थामा मोटोपन तथा अन्य समस्याबाट छुटकारा पाउन सकिन्छ।

तर आज हामी हरेक दिन बिहान काँक्रोको सेवनले मोटोपन कसरी घटाउन मदत गर्छ त भन्ने बिषयमा कुरा गर्न गईरहेका छौं , आउनुहोस एकै छिन चर्चा गरौँ।

१. काँक्राको जुस शुद्ध प्राकृतिक जुस हो यसमा कुनै पनि प्रकारको सोडियमको मिसावट गरिएको हुदैन। जसले गर्दा यसले शरीरमा ब्याप्त रहेको बिषालु तत्व र फ्याट सेल्सहरुलाई निर्मुल पार्न मदत गर्छ। काँक्रोमा प्रसस्त मात्रामा पोटासियम , म्याग्नेसियम , भिटामिन सी , फाइबर जस्ता पौष्टिक तत्व हुने भएकाले यसको सेवनले शरीरमा देखा पर्ने हरेक समस्या साथै भोक समेत केहि समयका लागि निवारण गर्न मदत पुर्याउछ।

२. हरेक दिन बिहानको खाली पेटमा काँक्रोको जुसमा अलिकति बिरे नुन , कागती मिसाई सेवन गर्न सकेको खण्डमा शरीरको अनावश्यक मोटोपन नियन्त्रण गर्न मदत पुग्दछ।

३. काँक्रोको जुसले शरीरमा मेटाबोलिज्म सुधार गरि पाचन सम्बन्धी हरेक समस्याको समेत समाधान गर्नमा सहयोग पुर्याऊछ।

४. काँक्रोको जुसको सेवनबाट तत्कालै सहि परिणाम पाउनका लागि हरेक दिन बिहान खाली पेटमा यसको सेवन गर्नाले बिशेष फाइदा पुग्ने देखिन्छ।

५. आजभोली चिकित्सकले पनि वजन घटाउका लागि काँक्रोको जुस उपयुक्त हुने बताएका छन। त्यसैले यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको छ।

६. वजन नियन्त्रण गर्नका लागि सबैभन्दा प्रभाकारी उपाय स्वस्थ खानेकुराको सेवन हुने गर्छ। अमेरिकाको एक एग्रिकल्चर डिपार्टमेन्टका अनुसार हरेक दिन हरिया सागपात खानाले स्वास्थ्यसम्बन्धी बिभिन्न समस्याबाट बच्न सकिने भनिएको छ , त्यसैले खाली पेटमा काँक्रो या काँक्राको जुसको सेवनलाई अत्यन्तै लाभदायक मान्न सकिन्छ।

 

प्रकाशित : शुक्रबार, जेठ १०, २०७६०७:२३

यी हुन् ब्रेन ट्युमर हुँदा देखिने सामान्य लक्षणहरु , जानिराखौं !